
रोल्पा, ३१ भदौ– मिति नाघिसकेको चेकमा दुईपटकसम्म ३ लाख रुपैयाँ भुक्तानी दिने बैंकका सहायक शाखा प्रबन्धकसहित एक कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाल बैंक लिमिटेड रोल्पाका सहायक शाखा प्रबन्धक मुकुन्दकुमार श्रेष्ठ र वरिष्ठ सहायक भेषविक्रम अधिकारी पक्राउ परेका हुन् ।
प्रहरी नायव उपरीक्षक नवीनराज राईका अनुसार बैंकका कर्मचारीले वैशाख ३ गतेका लागि काटिएको २ लाखको चेक वैशाख २ गते साटिदिएका थिए ।
त्यस्तै जेठ २६ गतेका लागि काटिएको १ लाखको चेक पनि २३ गते नै भुक्तानी गरेको पाइएको छ । किर्ते हस्ताक्षरबाट चेक साटिएको प्रहरीले जनाएको छ ।