विद्युत महसुल बढ्यो

काठमाण्डु टुडे २०७१ भदौ ३० गते १:३२ मा प्रकाशित

काठमाण्डु, ३० भदौ– विद्युत महसुल निर्धारण आयोगले असोजदेखि लागू हुने गरी विद्युत महसुल दर औसत १४ दशमलब ७ प्रतिशतले बढाएको छ ।
यसअघि नै महसुल वृद्धिको निर्णय गरेको आयोगले आइतबार अन्तिम टुंगो लगाएको हो । नयाँ दरअनुसार विद्युत प्राधिकरणका गार्हस्थ्य उपभोक्ताले खपतका आधारमा प्रतियुनिट न्युनतम ५ रुपैयाँदेखि बढीमा साढे १२ रुपैयाँसम्म तिर्नुपर्नेछ ।

थ्री फेजका ग्राहकले न्युनतम १३ दमलब ६४ रुपैयाँदेखि १४ दमशलब २१ रुपैयाँसम्म तिर्नुपर्दछ । प्राधिकरणले गार्हस्थ्थबाट हाल प्रतियुनिट ४ देखि ११ रुपैयाँसम्म महसुल उठाउँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us