
हेटौंडा, ३० भदौ– थाहा महोत्सव भर्न मकवानपुर आएकी गायिका तथा सञ्चारकर्मी कोमल ओलीले आफ्नो सांगीतिक जादु उत्तरी मकवानपुरबासी समक्ष प्रस्तुत गरेकी छन् ।
कोमलले महोत्सव भर्ने क्रममा पाइला टेकेदेखि ननिस्किएसम्म हजारौं दर्शकलाई छमछमी नचाएकी थिइन् ।
बाँझो खेतमा छड्के सलाम, छ मायालाई पहिलो भेटमा गाँउदै स्टेज प्रवेश गरेकी उनले नाच्न आग्रह गरेपछि आयोजक मकवानपुर उत्तरी क्षेत्र समितिका पदाधिकारीहरु मौकामा चौका हान्दै छमछमी नाचे । उनले युवालाई दोहोरी खेल्न च्यालेन्जसमेत गरेकी थिइन ।
ओलीले ‘तुलसीपुरमा म जादाँखेरि भेट भयो गज्जबको तन्नेरी’, ‘माया बस्यो मुटुमा मायाको मिठास छुट्टै’ र ‘पोइल जान पाम’ गाउँदा अत्यन्तै हुटिङ आएको थियो ।
नेपाल समाचारपत्रबाट