
एजेन्सी– कोलम्बियन गायिका शाकिरा दोश्रोपटक गर्भवती भएकी छन् ।
गत अगष्टमा उनले आफू दोस्रो बच्चाको आमा बन्न लागेको सञ्चार माध्यममा स्वीकार गरेकी हुन् । उनले आफ्नो ‘लिभ इन पार्टनर’ फुटबलर गेरार्ड पिकेको दोस्रो बच्चालाई जन्म दिन लागेकी हुन् ।
‘कन्ट्याक्टम्यूजिक डट कम’ नामक वेभसाइट का अनुसार शकिराकी आमा निदिया रिपोल र बुबा विलियम मेबराक च्याडिडले दोस्रोपटक पनि शकिरा छोराकै आमा बन्न लागेको बताएका छन् । ‘हामी निकै खुसी छौँ । उनी दोस्रोपटक आमा बन्न लागेकी छिन् । मिलानको लागि भाइको जन्म हुँदैछ’, उनीहरुले भने ।
शकिराले मातृत्व एउटा निकै सुखद आभाष भएको र त्यसको आनन्द उठाइरहेको बताएकी छन् । उनले मातृत्वको खुसीको बराबर अरु कुनै खुसी हुन नसक्ने बताएकी छन् ।