
एजेन्सी– बलिउडका हट कपल कट्रिना कैफ र रणवीर कपुर सार्वजनिक कार्यक्रम तथा पार्टीमा सँगै देखिन थालेका छन् ।
उनीहरु सँगै हिंड्न थालेपछि सञ्चारमाध्यमका लागि मसला बनेको छ । हालै करण जोहरले आयोजना गरेको एक पार्टीमा उनीहरू सँगै देखिएका थिए ।
कार्यक्रममा कट्रिना प्रायस् फोनमा व्यस्त देखिए पनि मुस्कुराउँदै दुवैजना सँगै बसेका थिए । वर्षौंदेखि रणवीर र कट्रिनाको प्रेमचर्चा चले पनि सार्वजनिक कार्यक्रम तथा सञ्चारमाध्यमको नजरमा एकसाथ देखा परेका थिएनन् ।
करणको पार्टीमा कुनै हिच्किचाहटबिना प्रस्तुत भएपछि उनीहरू धेरै घनिष्ठ र जीवनको एउटा निर्णायक मोडमा पुगेको अनुमान गरिएको छ ।