पोर्न भिडियोमा अभिनय गर्न दबाब दिएको भन्दै नायिकाद्वारा पतिको हत्या

काठमाण्डु टुडे २०७१ भदौ २१ गते १३:०३ मा प्रकाशित

एजेन्सी– भारतमा पोर्न भिडियोमा अभिनय गर्न दबाब दिएको भन्दै एक अभिनेत्रीले श्रीमानको हत्या गरेकी छन् ।
chandra lekhaअभिनेत्री श्रुति चन्द्रलेखाले पोर्न भिििडयोमा अभिनय गर्न दबाब दिएको भन्दै श्रीमान ३५ वर्षीय एस रोनाल्ड पीटर प्रिन्त्सोको हत्या गरेकी हुन् ।

प्रहरीका अनुसार हत्याका लागि उनले आफ्ना दुई विश्वासिला साथीहरुको सहयोग लिएकी थिइन् । दूधमा विष मिलाएर पिलाएपछि बेहोस भएका प्रिन्त्सोलाई अचेत अवस्थामै घाँटी रेटेर श्रीमानको हत्या गरेकी थिइन् ।

हत्यापछि उनले सहयोगीहरुमार्फत पतिको शव तिरुनेलवेली जिल्लाको पलायमकोट्टाई भन्ने स्थानमा लगेर गाडिदिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुले बताएका छन् ।
आठ महिनाअघि गत जनवरीमा भएको घटनाका लागि जिम्मेवार ठहर गर्दै बैंङलोर प्रहरीले २२ वर्षीया चन्द्रलेखालाई पक्रेको छ । प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा चन्द्रलेखाका सहयोगीहरुलाई यसअघि नै पक्राउ गरेको थियो ।

उनीहरुले बयानका क्रममा चन्द्रलेखाको आग्रहमा आफूहरुले उनका श्रीमानको हत्या गरेको स्वीकार गरेपछि घटनाको पोल खुलेको थियो । चन्द्रलेखाले स्थानीय तामिल र कन्नड भाषाका केही चलचित्रमा अभिनय गरेकी थिइन् ।

उनको पहिलो विवाह मञ्जु नाथ नाम गरेका अर्के पुरुषसँग भएको थियो । दोश्रो विवाह गरेका पिन्त्सो व्यापारी थिए । उनको व्यापार चौपट भएपछि श्रीमतिलाई पोर्न भिडियो खेल्न आग्रह गरेको अधिकारीहरुले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us