
काठमाण्डु, २१ भदौ– संसारभरि नै इन्टरनेटको माध्यमबाट मानिसहरू सजिलै यौन सामग्री प्राप्त गरिरहेका छन् । जनसंख्याको ठूलो हिस्सालाई यौन भिडियोको नशा नै लागेको छ । तथ्यांक भन्छ, ‘संसारका करिब ४५ करोड मानिस ‘पोर्नोग्राफी’को नशामा फसेका देखिन्छन् ।
जीक्यू डटकमका अनुसार प्रत्येक पाँच जनामा एकजनाले दैनिक पोर्न फिल्म हेर्ने गर्छन् । त्यस्तै ५९ प्रतिशतले हप्तामा ५ देखि १५ घण्टासम्म पोर्न फिल्म हेर्छन् । नशामा फसेका ५० प्रतिशतले भने ‘सेक्स’को अनुभव नै बटुलेको देखिँदैन । तथ्यांकले पोर्नोग्राफीको नशामा फसेकामध्ये ४२ प्रतिशत कलेजका विद्यार्थी रहेको उल्लेख गरेको छ । त्यस्तै, ५३ प्रतिशत १२ देखि १४ वर्ष उमेरसमूहका छन् । उनीहरू १२ वर्ष कटेपछि पोर्न फिल्मको लतमा फसेको तथ्यांकले देखाएको छ ।
सबैभन्दा बढी पोर्न हेर्ने राष्ट्र
अमेरिका
अमेरिका विश्वकै सबैभन्दा धेरै पोर्न फिल्म हेर्ने राष्ट्र हो । करिब चार करोड अमेरिकी पोर्नको लतमा फसेका छन् । यो संख्याको एक तिहाई अर्थात् १ करोड ३० लाख महिला छन् । अमेरिकालाई ‘पोर्न’को राजा पनि भन्ने गरिन्छ । पोर्नसम्बन्धी फिल्म निर्माण, पोर्नसम्बन्धी वेबसाइट, वेबसाइट होस्टिङलगायत सबै काम अमेरिकामै बढी हुने गरेकाले अमेरिकालाई पोर्नको राजा भनिएको हो । विश्व बजारको ६६ प्रतिशत पोर्न फिल्म अमेरिकामा बन्ने गरेका छन् ।
ब्राजिल
दक्षिणी अमेरिकी राष्ट्र ब्राजिल पोर्न हेर्ने विश्वको दोस्रो ठूलो राष्ट्र हो । भर्खरै विश्वकप फुटबल आयोजना गरेको ब्राजिलमा पोर्न हेर्नेको संख्या दिनप्रति दिन बढ्दै गएको तथ्यांकले देखाएको छ । हालैमात्र पनि ब्राजिलमा अहिलेसम्मै धेरै कन्डम बिक्री भएको समाचार प्रकाशित भएको थियो । ब्राजिलमा १८ देखि ३५ वर्ष उमेरका मानिसहरू बढी पोर्नको लतमा फसेको देखिन्छ ।
पाकिस्तान
दक्षिण एसियाली मुलुक पाकिस्तान पोर्न फिल्म हेर्ने तेस्रो ठूलो राष्ट्र हो । मुस्लिम राष्ट्र पाकिस्तानमा यौनका विषयमा खुलेर कुरा गर्न नहुने मान्यता रहेकाले पनि यो संख्या ठूलो भएको एजेन्सीहरूले उल्लेख गरेका छन् । पाकिस्तानमा एक्सभिडियोज, एक्सएनएक्सएक्स जस्ता पोर्न वेबसाइट हेर्नेको संख्या उल्लेख्य रहेको छ । त्यहाँ यी वेबसाइटहरू शीर्ष दुई सयभित्र रहेको एलेक्साले उल्लेख गरेको छ । एलेक्साका अनुसार इजिप्ट, लेबनान, ट्युनिसियाजस्ता मुस्लिम देशहरूमा पोर्न फिल्म हेर्नेको संख्या ठूलो छ ।
चीन
विश्वकै ठूलो जनसंख्या रहेको चीन पोर्न फिल्म हेर्ने चौथो ठूलो राष्ट्र हो । चीन सरकारले केही वेबसाइटमा प्रतिबन्ध लगाए पनि त्यहाँ पोर्न फिल्म हेर्नेहरूको जमात ठूलो छ ।
पोल्यान्ड
युरोपेली राष्ट्र पोल्यान्ड पोर्न फिल्म हेर्ने पाँचौ ठूलो राष्ट्र हो । त्यहाँ पोर्न फिल्म सबैभन्दा बढी १६ वर्ष माथिकाले हेर्ने गर्छन् । मोबाइलको प्रयोगसँगै पोल्यान्डमा पोर्न वेबसाइट हेर्नेको संख्या बढेको हो ।
सर्वाधिक हेरिने पोर्न साइट
विश्वकै वेबसाइटहरूलाई र्यानङ्किङ गर्ने एलेक्साको ‘एडल्ट’ क्याटगोरी हेर्ने हो भने सयौँ वेबसाइटहरूको सूची तयार हुन्छ । तीमध्ये शीर्ष १० पोर्न वेबसाइट यसप्रकार छन् ।
१. एक्सएनएक्सएक्स डट कम
२. युपोर्न डट कम
३. लाइभजस्मिन डट कम
४. एडल्ड फ्रेन्ड फाइन्डर डट कम
५. भाइसल्यान्ड डट कम
६. क्याम्प फोर डट कम
७. फ्लर्ट फर फ्री डट कम
८. फ्रिवन्स डट कम
९. इबाउम्सवर्ल्ड डट कम
१०. लिटेरोटिका डट कम
नेपाली पनि कम छैनन्
प्रविधिको विकाससँगै नेपालमा पनि पोर्न फिल्म हेर्नेको संख्यामा वृद्धि भएको छ । एलेक्साको नेपाल क्याटगरी हेर्ने हो भने ६० औँ नम्बरमा पोर्न हब आउँछ । यसलाई आधार मान्ने हो भने पनि नेपालमा पोर्न फिल्म हेर्नेको संख्यामा उल्लेख्य प्रगति भएको अनुमान गर्न सकिन्छ । नेपालमा सबैभन्दा बढी हेरिने साइट पोर्न हब हो ।
नेपाली पोर्नस्टारका रूपमा कहलिएकी विन्दु परियारलाई पछ्याउनेको जमात पनि ठूलो छ । अमेरिकाको वयस्क क्लबमा स्ट्रिपर डान्सरमार्फत यौन व्यवसायमा प्रवेश गरेकी हुन्, हटी विन्दुले । इन्टरनेटमा ब्राउज गर्ने हो भने उनका भिडियोहरू सजिलै भेटाउन सकिन्छ । पोखराकी बिन्दु एक अमेरिकीसँग विवाह गरेर कलिलै उमेरमा अमेरिका छिरेकी थिइन् ।
नेपालीहरू पनि पोर्नको लतमा फसिरहेका छन् । नयाँ बानेश्वर बस्ने रामहरि बस्नेतले पोर्न फिल्मको नशा लागेको बताए । स्नातक पढ्दै गरेका उनी दिनहुँजसो यस्ता फिल्म हेरेर मनोरञ्जन लिन्छन् । ‘पोर्न फिल्म हेर्ने लतै लागेको छ,’ उनले भने, ‘सेक्सको चाहना मेटाउने भरपर्दो माध्यम भएर होला यस्ता फिल्म दिनदिनै हेर्ने गर्छु ।’
यसले यौनजन्य रोग लाग्नबाट बचाउने बालाजुका कृष्ण तामाङले बताए । ‘यौन चाहना मेटाउन वेश्याकहाँ पुग्नुभन्दा मोबाइलमै यस्तो फिल्म हेर्नु राम्रो हो,’ उनले भने । यस्ता फिल्म केटीहरूमाझ पनि लोकप्रिय छ । ‘कलेजका केही केटीले यस्ता फिल्म ब्लुटुथबाट पठाइदिन आग्रह गर्छन्,’ उनले भने, ‘मसँग भएका पोर्न फिल्महरू धेरैचोटि उनीहरूलाई पठाएको छु ।’
नेपालीहरू ल्याटिन, युरोपेली र एसियाली पोर्न फिल्म हेर्न रुचाउँछन् । भारतीय, फिलिपिनो, कोरियन र चाइनिज पोर्न फिल्महरू नेपाली युवामाझ लोकप्रिय छन् । उनीहरू नेपाली पोर्न फिल्म पनि उत्तिकै रुचाउँछन् । तर, इन्टरनेटमा यस्ता नेपाली फिल्म त्यति धेरै उपलब्ध छैनन् ।
पोर्नस्टारको कमाइ
अमेरिकी पोर्नस्टार जेना जेम्सन सबैभन्दा बढी कमाउने पोर्नस्टारमा पर्छिन् । उनी वार्षिक चार करोड डलर कमाउँछिन् । त्यसैगरी, अमेरिकाकै टेरा प्याट्रिक वार्षिक १ करोड ५० लाख डलर कमाउँछिन् । जेसी जेन, ट्रेसी लर्ड्स, मारिया, ब्री, जेन्नाहाजी, सासा ग्रे, गियानालगायत विश्वप्रसिद्ध पोर्नस्टारहरूले वार्षिक मोटो आम्दानी गर्छन् ।
पछिल्लो समय बलिउडमा जमिरहेकी भारतीय मूलकी क्यानडाली पोर्नस्टार सन्नी लियोनले वार्षिक १५ लाख डलर कमाउने गरेकी छिन् ।
पोर्न तथ्यांक विविध
बिजनेस स्ट्यान्डर्डका अनुसार क्यानडाका ४ देखि ११ कक्षा पढ्ने विद्यार्थीमध्ये ४० प्रतिशतले पोर्न फिल्म हेर्छन् । अक्सफोर्डका विद्यार्थीमा गरिएको सर्वेक्षणमा ७१।८ प्रतिशतले पोर्न फिल्म हेरेको पाइयो । क्रिस्चियन न्युज वायरका अनुसार ६८ प्रतिशत पुरुष र ५० प्रतिशत पास्चरले सप्ताहिक पोर्न फिल्म हेर्छन् । सीबीएन न्यूजका अनुसार २१ प्रतिशत क्रिस्चियन युवतीले आफ्ना नांगा तस्बिर खिच्छन् ।
टाइम लाइभका अनुसार ३ करोड ८० लाख मोबाइल प्रयोगकर्ताले पोर्नहब वेबसाइट ब्राउज गर्छन् । ३५ वर्षमुनिका ४० प्रतिशत महिलाले आफ्नो यौनजन्य तस्बिर अरूसँग बाँडछन् । दी विकका अनुसार अमेरिकाका ३० प्रतिशत इन्टरनेट प्रयोगकर्ता पोर्न साइट हेर्ने गर्छन् ।
आइरिस मिररका अनुसार आयरल्यान्डमा ७७ प्रतिशतले पोर्न वेबसाइट हेर्ने गरेका छन् । त्यहाँ पोर्नप्रेमीले राति १० बजेदेखि १ बजेसम्म पोर्न साइट हेर्ने गरेको पाइन्छ । बेलायतमा पोर्न हेर्ने संख्यामध्ये ५० प्रतिशत ११ देखि १४ वर्ष उमेरका हुन्छन् । विश्व पोर्न उद्योगमा १३ अर्ब डलरको कारोबार हुन्छ। यसमध्ये अमेरिकाले ८९ प्रतिशत कारोबार गर्छ । इन्डियन एक्सप्रेसका अनुसार हाइस्कुल पढ्ने ८० प्रतिशत भारतीय विद्यार्थी पोर्न फिल्म हेर्छन्। ठूला पोर्न वेबसाइटमा मासिक चार अर्बभन्दा बढी भिजिटर आउँछन् । शुक्रबार साप्ताहिकबाट