बेलायती महिलाले चिनेनन् आफ्नै ‘योनी’

काठमाण्डु टुडे २०७१ भदौ २० गते १३:२९ मा प्रकाशित

काठमाण्डु – बेलायती महिलाले आफ्नो यौनाङग (योनी) को चित्र नचिनेको तथ्य सार्वजनिक भएको छ ।

vaginaआधा युवतीहरुले महिलाको गुप्तांग  (योनी)  चिन्न नसक्ने एक अध्ययनले देखाएको छ ।

दि इभ अपिल संस्थाले गरेको सर्भेक्षणमा २६ देखि ३५ वर्ष उमेर समूहका ५० प्रतिशत महिलाले योनी चिन्न नसकेका हुन् ।

सस्थाले १ हजार महिलामा गरिएको सर्भेक्षणका क्रममा महिला प्रजनन प्रणालीको चित्र देखाएर त्यसमा योनीको भागमा चिनो लगाउन भनिएको थियो । त्यस क्रममा केबल आधा जसोले मात्र योनीको भाग चिन्न सके भनेर अरु आधाले चिन्न सकेनन् ।

सर्भेक्षणका क्रममा १६ देखि २५ वर्ष उमेरका एक तिहाइ महिलाले लाजले यौन समस्याको बारेमा डाक्टरलाई बताउने नगरेको खुलासा भएको छ । त्यस्तै २० प्रतिशतलाई पाठेघर, डिम्बासय, योनी, भल्भा तथा पाठेघरको मुखको क्यान्सरको बारेमा केही पनि थाहा नभएको जानकारी दिएको सस्थाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै ४० प्रतिशतले योनी शब्द उच्चारण गर्न लाज लाग्ने र त्यसको साटो ‘लेडी पार्टस् तथा उमन बिट्स’ जस्ता कोड शब्द प्रयोग गर्ने गरेको पाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us