सबैभन्दा धनी कलाकार बने साहरुख खान

काठमाण्डु टुडे २०७१ भदौ १९ गते ३:४७ मा प्रकाशित

saharukhकाठमाण्डु–बलिउड किङका रुपमा परिचित शाहरूख खान सबैभन्दा धनी १० भारतीयको सूचीमा पर्ने पहिलो बलिउड कलाकार भएका छन् ।

‘वेल्थ-एक्स’ नामक सम्पत्ति अनुसन्धान फर्मले गरेको सर्वेक्षणमा खान धनीहरूको सूचीमा परेका हुन । उनीसँग ३ हजार ६ सय ६० करोड भारतीय रुपैयाँ बाराबरको सम्पति रहेको सर्वेक्षणले देखाएको छ ।
बलिउड स्टार नाख फिल्म प्रोडक्शन कम्पनी रेड चिलीज एंटरटेनमेंट, स्पेशल इफेक्ट कम्पनी रेड चिलीज भीएफएक्स, आईपीएल क्रिकेट टीम कोलकाता नाइट राइडर्स र चिल्ड्रेन एजुटेनमेण्ट पार्क डिजानिया मुम्बइका मालिक हुन् ।

सर्वेक्षणका अनुसार सबैभन्दा धनी भारतीयको सूचीमा पहिलो नम्बरमा मुकेश अम्बानी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us