ग्राहकसँग होटलमा मस्ती गरिरहेका बेला नायिका पक्राउ

काठमाण्डु टुडे २०७१ भदौ १८ गते १२:३६ मा प्रकाशित

swetha-basu-prasadकाठमाण्डु, १८ भदौ– भारतीय अभिनेत्री श्वेता बसु प्रसाद वेश्यावृत्तिमा संलग्न रहेको आरोपमा पक्राउ परेकी छन् ।
२३ वर्षीया उनलाई हैदरावादस्थित एक होटलमा ग्राहकसँग यौन गतिविधिमा संलग्न रहेको अवस्थामा पक्राउ परेकी हुन ।

उनले धेरै हिन्दी सिनेमा, टिभी सिरियल र तेलगु फिल्ममा अभिनय गरेकी छन् । प्रहरीसँगको बयानका क्रममा उनले गल्ती स्वीकार गरेकी छन् । परिवारका लागि पैसा अभाव भएपछि बाध्य भएर त्यस्तो पेशा अंगाल्नुपरेको उनले बताएकी छन् ।

त्यतिमात्र होइन भारतका धेरै नायिकाहरु बेश्यावृत्तिमा संलग्न रहेको खुलासासमेत गरेकी छन् । उनीहरुको नाम भने बाहिरु ल्याइएको छैन । श्वेताले सन् २००२ मा भारतीय चलचित्र मक्दीका लागि सर्वोत्कृष्ट बालकलाकारको नेसनल अवार्ड पाएकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us