
काठमाण्डु, १८ भदौ –गायिका अञ्जु पन्तले हिन्दुवादी गीत भन्दै दशैको गीत गाउन अस्वीकार गरेकी छन् ।
गीतकार सहदेव कोइरालाको रचनामा रहेको गीत बुधवार पन्तले स्टुडियोमा पुगेर नगाई फर्केकी हुन् । मालश्री रेकर्डिङ्ग स्टुडियोमा गीत गाउन पुगेकी अञ्जुले गीतको बोल सुनेपछि गीत नगाउने बताएकी हुन् । आफू क्रिश्चियन धर्मवालम्बी भएकाले हिन्दूवादी गीत नगाउने उनको जिकिर थियो ।
गीतकार कोइरालाका अनुसार गीतको शव्द सुनेपछि अञ्जुले यो गीत गाउन सक्दिन भनेकी हुन् ।
दुर्गामाताको आर्शिवाद बोलको गीत बहिस्कार गरी हिडेको गीतकार कोइरालाले काठमाण्डु टुडेलाई बताए ।
कोइरालाले भने ‘ दिदीले मलाई स्टुडियोभित्र बोलाएर गीत गाउन नसक्ने बताउनुभयो । ’ तर आफूले भने व्यवसायिक गायिकाले यस्तो गर्न नहुने बताएको कोइरालाको भनाई छ ।