४५ केजीको पगरी ओढ्ने यी व्यक्ति

काठमाण्डु टुडे २०७१ भदौ १८ गते ६:५० मा प्रकाशित

काठमाण्डु – भारतीय नागरिक अवतार सिंह संसारको सबैभन्दा गर्‍हौं पगरी गुथेर हिड्छन् । सिंहले पहिरिने पगरीको तौल ४५ केजी रहेको छ ।

pagariसिहले पगरी ओढ्न ६ घण्टा लगाउने गरेका छन् ।  २११५ फिट लामो रहेको सो पगरीलाई १३ वटा पौडी पोखरीसँग दाँज्ने गरिएको छ ।

६० वर्षीय पञ्जाबी अवतार सिंहले १६ वर्ष अघिदेघि सो पगरी ओढ्दै आएका छन् ।

सिंहले कुनै दिन पगरी नगुथे केही बिर्सेको जस्तो हुने र आफूलाई गर्‍हौ नहुने वताएका छन् । उनले भने – ‘ म जुन उमेरमा पनि सो पगरी ओढेर हिड्नेछु । ’ पगरी ओढेर हिंड्दा उनले गाडी चढ्न सक्दैनन् ।

सिंहले पहिरेको पगरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा लेख्न सकिने छ । यसभन्दा अघि मेजर सिंहले ३० केजी तौल भएको पगरी ओढेर हिड्ने गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us