यौनवासना मेटाउन नसकेपछि श्रीमानले गरे सम्बन्धविच्छेद

काठमाण्डु टुडे २०७१ भदौ १६ गते ८:०६ मा प्रकाशित

काठमाण्डु – श्रीमती पीडित श्रीमानले न्याय पाएका छन् ।

divorceश्रीमानले अदालतमा श्रीमतीको तानाशाह व्यवहार र यौनभोक कहिल्यै मेट्न नसक्ने चाहना देखाउने आरोप लगाएका हुन् । भारतीय पारिवारीक अदालतका मुख्य न्यायाधिस लक्ष्मी रावले सो फैसला सुनाएकी हुन् ।

उनले अदालतमा श्रीमतीले मनोमानी व्यवहार देखाएको जाहेरी दिएका थिए ।

निवेदक श्रीमानले अदालतमा यौनसम्पर्कका समयमा पुरा गर्न नसकिने इच्छा देखाउने गरेको बताएका छन् । साथै रक्सी पिउनसमेत बाध्य पार्ने गरेको पनि बताएका छन् ।

श्रीमतीले अप्राकृतिक योनसम्बन्ध राख्न दबाब दिने गरेको र नमानेको खण्डमा गालीगलौज गर्ने गरेको खुलासा गरेका छन् । काम गरेर थाकेर आउदा पनि श्रीमतीको यौनवासना मेटाउन तयार हुनुपर्ने बाध्यता रहेको उनले अदालतमा बयान दिएका छन् ।

यौनभोक पुरा नगरे अर्को केटासँग यौनसम्पर्क गर्न जाने धम्कीसमेत दिने गरेको र आफू बिरामी भएर ‘बेड रेष्ट’मा बस्दासमेत सम्पर्क गर्न बाध्य पार्ने गरेको बताएका छन् । मनोचिकित्ससँग परामर्शमा जान सल्लाह दिदा उल्टै धम्की दिने गरेको उनले बताए ।

पीडित श्रीमानले चरम इच्छा आकाङक्षा पुरा गरेर बस्न नसक्ने भएपछि सम्बन्धविच्छेदको निवेदन दिएको जानकारी दिए ।

सन् २०१२ मा जोडी विवाहबन्धनमा बाँधिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us