
काठमाण्डु, १५ भदौ– सम्बन्ध पानी बाराबारको अवस्थामा रहेका भूमिगत नायक निखिल उप्रेती र नायिका रेखा थापाले एउटै चलचित्रमा अभिनय गर्ने भएका छन् ।
रेखाले निलिखकै निमार्ण तथा निर्देशनमा बन्न लागेको चलचित्र भैरवमा उनीसँगै अभिनय गर्ने भएकी हुन् । चलचित्रमा रेखाको आइटम डान्स रहने छ । चलचित्रको मुख्य नायक निलिख नै हुनेछन् । चलचित्रको छायाङ्कन यसै महिनाको अन्तिम साताबाट सुरु हुने बताइएको छ ।
दोश्रो विवाह गरेपछि सार्वजनिक रुपमा कतै नदेखिएका निखिल आफैंले चलचित्र बनाउन लागेका हुन् । तस्करीसँग सम्बन्धित कथावस्तु रहेको चलचित्रको कथा निलिख आफैंले लेखेका हुन् ।