
मुम्बई–अभिनेता अमिर खान चर्चित टेलिभिजन कार्यक्रम ‘सत्यमेव जयते’ लिएर फेरि आउने भएका छन् ।
पत्रकार सम्मेलन गरी उनले आगामी २१ सेप्टेम्बरदेखि कार्यक्रम प्रसारण हुने जानकारी दिए । पत्रकार सम्मेलनमा उनी अति नै भावुक देखिए । उनले कार्यक्रम छायाङ्कनका क्रममा कतिपय घटना र पात्रहरुले भावविहवल बनाएको उनको भनाइ थियो ।
उनले रिसर्चका क्रममा आफूले भेटेका कतिपय घटना टेलिभिजनमा प्रसारण गर्न नसक्ने जनाए । उनले बलात्कारपछि आफ्नै शरीरमा आगो लगाएकी युवतीले दिएको दर्दनाक बयान सुनेर आफू थरर काँपेको उल्लेख गरे ।
‘एक बलात्कार पीडित युवतीले मृत्यु हुनु केहीअघि दिएको बयान सुनेर म थरर कापें’, उनले भने, तर, म त्यो तपाइंहरुलाई टिभीमा देखाउन असमर्थ छु ।’ ‘सत्यमेव जयते’ ले भारतका घरानिया परिवारमा हुने महिला हिंसाका घटना बाहिर ल्याउने गरेको छ ।