
काठमाण्डु – अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जोलीबिच विवाह भएको छ । ९ वर्षको प्रेमपछि दुई प्रणयसुत्रमा बाँधिएका हुन् ।
उनीहरूका प्रवक्ताले बिहीबार भने अनुसार, दुवैले गएको शनिबार फ्रान्समा लगनगाँठो कसेका हुन्।
ब्रान्जेलिनाको सामूहिक सम्बोधनले समेत चिनिने उनीहरू नौ वर्षदेखि निकट सम्बन्धमा थिए। ५० वर्षे अभिनेता र ३९ वर्षे अभिनेत्रीले दुई वर्षअघि इंगेजमेन्ट गरेका थिए।
उनीहरुको ६ सन्तान रहेको छ । जसमा २ आफैले जन्माएका हुन् भने ४ धर्मसन्तान रहेका छन् । समाचारसुत्रका अनुसार सन्तानहरुको पनि उपस्थिती रहेको थियो ।
यस पहिले पीटको विवाह अभिनेत्री जेनिफर एनिस्टनसँग भएको थियो । जोलीको विवाह अभिनेता जोनी मिलरसँग भएको थियो ।
जोलीको यो तेश्रो विवाह हो ।