
काठमाण्डु, १३ भदौ नायिका रेखा थापा सुदर्शन गौतमलाई लिएर अमेरिका गएकी छन् ।
उनीहरु बिहीबार राति ९ बजे अमेरिका उडेका हुन् । उड्नुअघि काठमाण्डुटुडेसँग कुरा गर्दै रेखाले आफूहरु एक साता अमेरिका बस्ने बताइन् । उनले चलचित्र हिम्मतवालीको प्रिमियर शोका लागि अमेरिका जान लागेको जानकारी दिइन् ।
चलचित्रमा रेखाको मुख्य भूमिका छ । क्यानडामा रहेका गैरआवासीय नेपाली सुदर्शनको पनि चलचित्रमा भूमिका छ । दुवै हात नभएका उनले राम्रो अभिनय गरेका छन् । चलचित्र हिम्मतवाली दसैंको फुलपातीका दिन रिलिज हुँदैछ ।