
काठमाण्डु, १२ भदौ सामाजिक सञ्जाल फेसबुकले भारतीय मोडल पुनम पाण्डेको एकाउण्ट बन्द गरिदिएको छ ।
वालमा अति अश्लिल तस्वीर पोष्ट गरेको भन्दै फेसबुकले उनको एकाउण्ट बन्द गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
उनले पुनमले ओछ्यानमा नांगै सुतेको उत्तेजक तस्वीरसमेत फेसबुकमा राख्ने गरेकी थिइन् । उनको फेसबुक पेजमा २१ लाखभन्दा बढीले लाइक गरेका थिए । फेसबुकको निर्णयपछि पुनमले ट्वीटरमार्फत आक्रोश पोखेकी छन् । फेसबुको त्यस्तो निर्णयले आफू दुःखी भएको उनले बताएकी छन् ।