
काठमाण्डु – ‘आशिकी –२’बाट डेब्यु गरेकी श्रद्धा कपुरले ‘बि–टाउन’मा राज गरिरहेकी छिन् ।
विशाल भारद्धाजकृत चलचित्र ‘हैदर’ मा नायिकाको भूमिकामा अभिनय गरेकी श्रद्धाले इरफान खानसँग काम गर्न पाउँदा असाध्यै मज्जा लागेको बताएकी हुन् । चलचित्रमा शाहिद कपुर नायकको रुपमा देखिएका छन् ।
युवा नायक आदित्य रोय कपुर र सिद्धार्थ मलहोत्रासँग काम गरेकी श्रद्धालाई हैदरमा पाका कलाकार इरफान खानसँग काम गर्ने मौका पाउँदा अत्यन्त सहज र खुसी लागेको खुलासा गरेकी छिन् । मैले काम गर्न पाउने कल्पनासम्म नगरेको बताएकी छिन् ।
श्रद्धा इरफानको प्रशंसक रहेको पनि बताएकी छिन् । श्रद्धाले मौका मिल्नासाथ इरफानसँग अभिनयको टिप्स मागेको जानकारी दिइन् ।