नाङगो बनाउन खोज्दा १० लाख डलर जरिवाना

काठमाण्डु टुडे २०७१ भदौ ७ गते १३:११ मा प्रकाशित

काठमाण्डु – अमेरिकाको सुपरहिट रियलिटि शो ‘डेटिङग नेकेड’मा एक सिन ‘ब्लर’ नगरी देखाउँदा च्यानल ‘भिएचवान’विरुद्ध मुद्धा परेको छ ।

Dating-Naked1शो मा सहभागी एक महिला प्रतियोगीले नाङगो भिडियो देखाएकाले च्यानलको मूख्य कम्पनी वायकमलाई १० करोड डलरसहित मुद्धा दर्ता गराएकी छिन् ।

न्युयोर्क पोष्टको खबरअनुसार न्युयोर्कस्थित लंग आइल्याण्डमा बस्ने २८ वर्षीया मोडल जेसी नीजविट्जको भिडियो ब्लर नगरी देखाइएको खुलासा भएको छ ।

सो च्यानलबाट प्रसारण हुदै आएको ‘डेटिङ नेकेड’ मा सबै प्रतियोगी नाङगै हुन्छन् ।

‘समुद्रको किनारमा डेटिङ चलिरहेको बेला क्यामेराको सामुन्ने अगाडी मेरो पछाडीको भाग देखिएको थियो । तर प्रोड्येसरले सो भाग ब्लर नगरी देखाएकाले मैले मुद्धा हालेको हुँ’, जेसीले भनिन्, ‘ मेरो गुप्ताङ सार्वजनिक रुपमा देखाउन पाउने सो कार्यक्रममा कनै सहमति भएको छैन । ’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us