यसपालिको दसैंमा गरिबले मासु खान सक्दैनन्

काठमाण्डु टुडे २०७१ भदौ ७ गते २:४२ मा प्रकाशित

काठमाण्डु, ७ भदौ– आगामी दसैंमा खसीबोकाको मूल्य केही बढ्ने अनुमान गरिएको छ ।
khasi-bokaमुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोका कारणले मागअनुसार पर्याप्त मात्रामा खसीबोका राजधानी भित्र्याउन नसक्दा दसैंमा मूल्य बढ्न अनुमान गरिएको हो ।

नेपाल चौपाया खरिद बिक्री सेवा संघका अध्यक्ष दीपक थापाले मागअनुरुप बजारमा खसीबोका भित्र्याउन नसक्दा मूल्य बढ्ने बताए । ‘गत वर्ष ५० देखि ५५ हजार खसीबोका भित्र्याएका थियौं, उनले भने, ‘यसपटक भने बाटो बिग्रिएकाले पनि २५ देखि ३० हजार मात्र ल्याउन सकिन्छ ।’
मागअनुसार आपूर्ति गर्न नसक्दा मूल्य बढ्ने संकेत देखिएको उनको भनाइ  छ ।

उनका अनुसार अघिल्लो वर्ष जिउँदो खसीबोकाको प्रतिकेजी मूल्य ४ सय १० रुपैयाँ रहेकामा यसपटक ४ सय ५० देखि ६० सम्म पुग्न सक्ने अनुमान गरिएको छ । जसका कारण मासुमा प्रतिकेजी ४ सय रुपैयाँसम्म बढ्न सक्छ ।

सामान्य दिनभन्दा दसैंमा झन्डै तीन गुणा माग बढ्ने भएकाले सोही अनुसार खसीबोका भित्र्याउने तयारी भएको हो । यसपटक विभिन्न तीन निकायले खसीबोका ल्याउने तयारी गरेका छन् । नेपाल माछा मासु व्यवसायी संघले १२ हजार, नेपाल खाद्य संस्थानले ३ हजार ५ सय र चौपाया खरिद बिक्री संस्थानले ३ हजार ५ सय र चौपाय खरिद बिक्री सेवा संघले ३० हजार खसीबोका भित्र्याउन लागेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us