टेलिकमले दियो बाढीपीडितलाई दुई करोड

काठमाण्डु टुडे २०७१ भदौ ६ गते ८:२४ मा प्रकाशित

काठमाण्डु, ६ भदौ– नेपाल टेलिकमले देशका विभिन्न भागमा बाढीपहिरोका कारण प्रभावित भएकाहरुका लागि दुई करोड रुपैयाँ सहयोग उपलब्ध telecomगराएको छ ।
टेलिकमले प्रधानमन्त्री रातह कोषमार्फत उक्त रकम सहयोग गरेको हो । नेपाल टेलिकमका अध्यक्ष एवम् सञ्चार मन्त्रालयका सचिव सुनिलबहादुर मल्लले शुक्रबार बालुवाटार पुगेर दुई करोड रुपैयाँको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरे  ।

टेलिकम कर्मचारीका तर्फबाट ३५ लाख रुपैयाँ, सञ्चालक समितिका सदस्यहरुक तर्फबाट करिब २५ हजार बाँकी टेलिकमको कोषबाट रकम प्रदान गरिएको हो ।
सहयोग बुझेपछि प्रधानमन्त्री कोइरालाले प्राकृतिक विपत्तिका बेला राहत तथा उद्धारका लागि सबै क्षेत्रबाट प्राप्त भइरहेको सहयोगप्रति धन्यवाद दिए । उनले दु:ख परेका बेला अरुलाई मद्दत गर्ने नेपालीहरुको संस्कार गर्व गर्न लायक भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us