रिट परेको तीन वर्षपछि सर्वोच्चले भन्यो, ‘बैंकहरुले जथाभावी ब्याजदर बढाउन पाउँदैनन्’

काठमाण्डु टुडे २०७१ भदौ ६ गते ८:१३ मा प्रकाशित

काठमाण्डु, ६ भदौ– सर्वोच्च अदालतले बैंकहरुलाई आफूखुसी ब्याजदर थपघट नगर्न निर्देशनात्मक आदेश दिएको छ ।

suprime coart
न्यायाधीहरु कल्याण श्रेष्ठ, गिरिशचन्द्र लाल र सुशीला कार्कीको विशेष इजलासले संयन्त्र बनाएर मात्र ब्याजदर थपघट गराउन राष्ट्र बैंकका नाममा निर्देशनात्मक आदेश जारी गरेको हो ।
आदेशमा बैंकहरूले एकतर्फी रूपमा बीचबीचमा ब्याजदर पुनरावलोकन गरी ऋणीउपर दायित्व थप गर्ने अवस्थाको अन्त्य गरी गुनासो सुन्न र यथोचित उपचारको व्यवस्था मिलाउन राष्ट्र बैंकको ध्यानाकर्षण हुनुपर्ने उल्लेख छ ।

आदेशमा संयन्त्र गठन गरी ब्याज थपघट गर्न भनेको छ ।
बैंकहरूले मनोमानी ढंगले ब्याजदर घटाउने/बढाउने गरेको भन्दै अधिवक्ता लालबहादुर बस्नेतले तीन वर्षअघि सर्वोच्चमा रिट दायर गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us