कति वर्षकी भइन रेखा थापा ?

काठमाण्डु टुडे २०७१ भदौ ६ गते २:२७ मा प्रकाशित

काठमाण्डु, ६ भदौ– नेपाली चलचित्रका धेरै नायिका आफ्नो उमेर गोप्य राख्दै यसबारे खुल्न चाहँदेनन् ।
rekha 5आफ्नो करिअरमा उमेरले प्रभाव पार्ने बुझेर उमेरबारे बोल्न धेरै नायिकाहरुले हिच्किचाहट गरे पनि केही नायिका भने उमेर बताउन कुनै संकोच मान्दैनन् ।
यसरी आफ्नो उमेर बताउन नहिच्कचाउने नायिका मध्येमा पर्छिन्, रेखा थापा । अभिनेत्री रेखा थापा बिहिबारदेखि ३० वर्ष पुरा भएर ३१ वर्षमा प्रवेश गरेकी छन् ।

र बिहीबार नै दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको १३ औं पुण्यतिथी परेकाले उनले आफ्नो जन्मदिन भने मनाइनन् । जन्मदिनको अवसरमा गत वर्ष उनले रेखा थापा फाउन्डेसन स्थापना गरेकी थिइन् भने यसवर्ष पनि उनी केही नयाँ गर्ने योजनामा छिन् ।

१५ वर्षअघि एसएलसी दिएर काठमाण्डु घुम्न आएका बेला छविराज ओझा र नरेश पौडेलले चत्रचित्र हिरोमा प्रवेश गराएका थिए । त्यही चलचित्रपछि उनी हिट नायिकाको रुपमा परिचित छिन् ।
अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us