नेपाली व्यापारीलाई केरुङ प्रवेशमा रोक

काठमाण्डु टुडे २०७१ भदौ ६ गते २:२२ मा प्रकाशित

रसुवा, ६ भदौ– पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध भएपछि केरुङबाट सामान ल्याउन खोज्ने नेपाली व्यापारीलारई चीनले रोकेको छ ।
सुनकोसी थुनिएर सडक अवरुद्ध भएपछि चीनको व्यापारिक केन्द्र खासामा सात सय नेपाली कन्टेनर अड्किएका छन् ।

रसुवाका प्रमुख जिल्ला अधिकारी उद्धव भट्टराईले चिनियाँ पक्षले रसुवागढी नाकालाई व्यापारिक नाका नै होइन भनेर नेपाली व्यापारीलाई केरुङ प्रवेशमा रोक लगाएको बताए ।

आफ्ना समकक्षीसँग भएको बैठकका क्रममा नेपाली व्यापारीलाई पास दिएर केरुङसम्म सहज प्रवेश दिन माग गर्दा चिनियाँ पक्षले नमानेको उनले बताए ।
‘पास दिएर केरुङसम्म छिर्न देऊ । व्यापारीहरु उही दिन फर्कन्छन् भन्न्दा पनि चिनियाँ पक्षले यो व्यापारिक नाका नै हौइन भनेर अहिले रोकेको छ,’ उनले भने, ‘चीनका अधिकारीहरुसँग हुने आगामी बैठकमा यसबारे छलफल गर्छु ।’
नेपाल हिमालय सीमापार वाणिज्य संघका प्रथम उपाध्यक्ष केशबबहादुर रायमाझीले दैनिक मुस्किलले तीनवटा कन्टेनरमात्र सामान आयात भइरहेका जानकारी दिए । यो गतिले चीनबाट सामान आयात गर्न महिनौं लाग्ने उनको भनाइ छ ।
अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us