रिद्धि सिद्धि ब्राण्डको नाममा ठगी गर्नेलाई कारबाहीको माग

काठमाण्डु टुडे २०७१ भदौ ५ गते १३:०२ मा प्रकाशित

काठमाण्डु, भदौ ५ – श्री रिद्धि सिद्धि ज्वलेर्सको नाम राखेर जनकपुरमा चन्दन साहले सुनचाँदीको कारोबार गरेर उपभोक्ताहरुलाई ठगेको आरोप लागेको छ ।

jwelleryकाठमाण्डुका ख्यातिप्राप्त ब्रान्ड श्री रिद्धि सिद्धि ज्वलेर्स प्राईभेट लिमिटेड काठमाण्डुका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रकुमार गुप्ताले हुबहु कपी गरेर जनकपुरमा खोलिएको सवै ज्वेलर्सहरुले नक्कल गरेर उपभोक्ताहरुलाई झुक्याएकाले कानुनी कारबाहीको माग गरेका छन् ।

बिहिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर गुप्ताले काठमाण्डुमा भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त ज्वेलर्सहरुको नाम हुबहु कपी गरेर खोलिएका सवै ज्वेलर्सहरुलाई सरकारले कारबाही गर्नुपर्ने बताएका छन् ।

गुप्ताले ब्राण्डको कपी गरेर उपभोक्ताहरुलाई ठगी गरेको आरोप लगाउँदै भने–म रिद्धि सिद्धि ज्वेलर्सको प्रोप्राइटर हाम्रो काठमाण्डु बाहेक कतै पनि शाखा कार्यालय छैन । तर जनकपुरमा हुबहु हाम्रो ज्वेलर्सको नाम राखेर उपभोक्ताहरुलाई झुक्याउने काम भएको छ । यसको हामी घोर विरोध गर्छौं ।

सरकारले किन उनीहरुलाई हाम्रै नामको आधिकारकिता दियो, मलाई आश्चर्य लागेको छ । नक्कल गर्नेलाई तत्काल सरकारले कारबाही गुर्नुपर्ने पनि गुप्ताले आग्रह गरेका छन् ।

यस बारेमा आफूले धनुषाको प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलाई समेत भेटेर जानकारी दिएको बताउँदै किर्ते काम गर्नेहरुलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न पनि आग्रह गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us