जुम्ला र नुवाकोटमा न्युजिल्याडबाट ल्याएको भेडा पालिने

काठमाण्डु टुडे २०७१ भदौ ५ गते १२:२२ मा प्रकाशित

काठमाण्डु, ५ भदौ– जुम्ला र नुवाकोटमा न्युजिल्यान्डबाट ल्याइएको भेडा पालिने भएको छ ।
kurpoth sheepभेडा तथा बाख्रा अनुसन्धान कार्यक्रमअन्तर्गत जुम्लामा एक साताभित्र न्युजिल्यान्डबाट दुई जातका २६ भेडा ल्याउन लागिएको हो ।
भेडा तथा बाख्रा कार्यक्रम जुम्लाका संयोजक लुमानिधि पाण्डेले कुपोर्थ र रोम्नी मार्स जातका भेडा काठमाण्डु ल्याइसकिएको र दुई केही दिनभित्रै जुम्ला आइपुग्ने बताए ।
पाण्डेका अनुसार ती जातका भेडाको ऊनबाट कच्चा पदार्थ उत्पादन गरी कार्पेट निर्माण गर्न सकिने छ ।  आर्थिक वर्ष २०७१/०७२ का लागि सरकारले जुम्लामा २६ र नुवाकोटमा २६ भेडा न्युजिल्याण्डबाट नेपाल ल्याइएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us