बजार कब्जा गरेर खानेपानीको मूल्यवृद्धि

काठमाण्डु टुडे २०७१ भदौ ५ गते २:४१ मा प्रकाशित

waterकाठमाण्डु, ५ भदौ– पेट बोटलमा खानेपानी वितरण गरिरहेका व्यवसायीको एक समूहले प्रतिस्पर्धी बजारलाई हस्तक्षेप गरी मूल्यवृद्धि गरेको छ ।

नेपाल बोटल वाटर उद्योग संघले आफ्ना सदस्य उद्योगलाई एउटै ब्राण्डमा पानी उत्पादन गर्न बाध्य बनाएर मूल्यवृद्धि गरेको हो ।

संघमा आवद्ध नभएका अन्य उद्योगीलाई समेत धाकधम्की दिएको उपभोक्ता अधिकारकर्मीले उजुरी गरेका छन् । राष्ट्रिय उपभोक्ता मञ्चले वाणिज्य विभाग, जिल्ला प्रशासन कार्यालय ललितपुरमा उजुरी दिएको छ ।
यसैगरी, उपभोक्ता हित संरक्षण मञ्चले व्यवस्थापिका संसदअन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हितसम्बन्धी समितिमा उजुरी दिएको थियो ।

उपभोक्ताको उजुरीपछि समितिले बुधबार वाणिज्य तथा आपूर्ति मन्त्रालय र गृह मन्त्रालयलाई डाकेर छलफलसमेत गराएको छ ।

छलफलमा खानेपानी वितरण गर्ने संघले प्रतिष्पर्धी बजारलाई हस्तक्षेप गरी कार्टेलिङ् गरेको ठहर गर्दै दोषीलाई तत्काल कारवाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति सुवर्ण ज्वारचनले जानकारी दिए ।
नयाँ पत्रिका दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us