अर्पणका बाबुआमाको बैंक स्टेटमेन्ट देखाउन चुनौती दिन्छु

काठमाण्डु टुडे २०७१ भदौ ४ गते ६:२१ मा प्रकाशित

दिनेश अधिकारी चरी ‘इन्काउन्टर’मा मारिएपछि उनकी प्रेमिका खुश्बु ओली आक्रोशित छिन् । घटनाको निष्पक्ष छानबिनको माग गर्दै सडकदेखि khushbu oliअदालतसम्म पुगिन् । उनले भनिन्, ‘छानबिनको रिपोर्ट स्विकार्छु, छानबिनको रिपोर्ट यस्तो हुनुपर्छ त भनेकी छैन नि मैले ।’ विशालनगरस्थित उनको बालगृहको ग्यालेरीमा पूर्णकदको फोटो लिन खोज्दा उनको प्रतिक्रिया थियो, ‘प्रेमीको मृत्यु–शोकमा फोटोसेसन गरेको अर्थ नलागोस् है ।’

 दिनेश अधिकारी चरी ‘इन्काउन्टर’मा मारिएपछि तपाईं र अर्पण कोइरालाको व्यक्तिगत सम्बन्ध सामाजिक चर्चाको विषय बनेको छ, अर्पण र तपाईंको सम्बन्ध कसरी जोडियो ?
२००६ मा मिस टिन भएँ । त्यतिवेला अर्पण नार्कोनन् नेपालमा रिकभरिङ ड्रग्स एडिक्ट रहेछन् । कीर्तिपुर क्षेत्रमा गाँजाका बोटबिरुवा फँडानी गर्नुपर्छ भनेर स्कुलको स्पटमा क्यान्पियन सुरु गरेँ । गाँजा फँडानीको अभियानमा सहयोग गर्न मैले नार्कोनन् नेपाललाई कन्ट्याक्ट गरेँ, अर्पण कोइरालालाई होइन । अर्पणले नार्कोनन्का तर्फबाट फलोअप गरेका थिए । नार्कोनन् नेपालको सहकार्यमा हामीले गाँजा फँडानी गरेका हौँ । एउटै अभियानमा काम गरेपछि सामान्य बोलचाल त भइहाल्छ नि π तर त्यस्तो केही थिएन ।

म बच्चैदेखि कीर्तिपुरको चिल्ड्रेन क्वालिटी सर्कल प्रोजेक्टमा थिएँ । त्यसको ‘एनुवल कन्फरेन्स’ भारतमा हुँदै थियो । त्यहाँ स्कुलबाट मैले प्रतिनिधित्व गरेकी थिएँ र नार्कोनन् नेपालको एकजना स्टाफलाई अफर गरेकी थिएँ । उहाँ नजाने भएपछि अर्पण कोइराला जाने भए । ड्रग एडिक्टको रिहाबमा बसेका व्यक्तिलाई राम्रो एक्स्पोजर हुन्छ भनेर उहाँलाई लग्यौँ । भारतबाट फर्केपछि दुई/चारपटक भेट भयो, कुरा भए । त्यसपछि मात्र हाम्रो राम्रो चिनजान र बोलचाल भएको हो । त्यसपछि उहाँ मेरो फ्यामिलीमा आउने–जाने हुन थाल्यो ।

फ्रेन्डभन्दा माथि बेस्ट फ्रेन्ड थियौँ हामी । एक समय एकदमै माया गरेका मान्छे पनि हुन् उनी । उसको मेरो परिवारसँग राम्रो सम्बन्ध थियो । उसको ममीड्याडीसँग मेरो पनि त्यस्तै सम्बन्ध थियो । अर्पण र मबीच यत्तिकै राम्रो सम्बन्ध भएको भए भविष्यमा बिहे पनि हुन सक्थ्यो । हामीबीच एकदमै स्पेसल रिलेसन थियो, असल साथीका रूपमा । तर, मेरो घरमा उसलाई ज्वाइँ भन्थे, उसको घरमा मलाई बुहारी भन्थे भन्ने बकवास हो ।

 खुश्बुलाई अक्सफोर्ड पुर्‍याउने त अर्पण हुन् भन्ने चर्चा छ, कुरो के हो ?
पहिलो कुरा, अर्पण कोइरालाले अहिलेसम्म लन्डनमा कामै गर्नुभएको छैन । मैले चिन्दा उहाँको बिजुलीबजारमा एउटा घर थियो, त्यो पनि उहाँको होइन, बुबाको । अनि उहाँले मलाई पढाउन त्यत्रो पैसा कहाँबाट कमाउनुभयो ? उनले ‘व्यापारको सिलसिलामा बेलायत आउने–जाने गर्थँे, त्यसै क्रममा मैले खुश्बु ओलीलाई बेलायत लगेको हुँ’ भनेका रहेछन् । यो सब झूटो हो । म उनीभन्दा अगाडि बेलायत पुगेकी हुँ ।

 तपाईंहरू एउटै फ्ल्याटमा बस्नुहुन्थ्यो रे नि, लिभिङ टुगेदर रिलेसनसिप भएका जोडीबीच यति तिक्तता किन ?
बेलायतमा सुरुका दिनमा एकजना दाइसँग बस्थेँ । उनी पनि आएपछि साथीभाइ मिलेर एउटै घरमा बसेका हौँ । मेरो भाइ पंकज हामीसँगै बस्थ्यो । स्विकृति, मुकेश भाइ पनि हामीसँगै बस्थे । अर्पणका दाइभाउजू आउनुभयो, उहाँहरू पनि हामीसँगै बस्नुभयो । लिभिङ टुगेदर होइन, हामी सँगैचाहिँ बस्थ्यौँ । उनीभन्दा म अघि पुगेकी हुँ बेलायत । त्यसैले चिनजानका नाताले पनि मैले उहाँलाई हेल्प गर्नै पथ्र्यो ।

अर्को कुरा, बिजुलीबजारमा उनको एउटा घर थियो, चारआना जग्गामा । त्यसवेला त्यसको मोल कति थियो र ? धोबी खोला गन्हायो भनेर घर बेचेका हुन् । घर बेचेर बालकोट जानुभयो, बालकोटको घर पनि बेच्नुभयो  । घर कसरी तीनवटा भयो ? बेच्दै/किन्दै गर्दा १० वटा पनि घर पुग्छ, मान्छेको ।

कलंकीको घर उहाँकी ठूलीममी विष्णु रेग्मीको थियो । त्यही घर धितो राखेर ७० लाख अर्पणले झिकेका रहेछन् । त्यो पैसा क्यासिनो, मस्ती र भारत घुमेर सके । उनले काठमाडौंमा अरू केटाहरूको पनि पैसा चलाएका रहेछन् । ती केटाहरूले पोखराको होटल ग्रान्डबाट पक्रेपछि त्यही पैसा तिर्न त्यो घर पास गरिदिएछन् । उनको घर यसरी गएको हो, खुश्बु ओली कहाँबाट आई त्यो कुरामा ?

 तपार्इं आफूलाई मध्यम परिवारकी छोरी भन्नुहुन्छ । छोरीलाई अक्सफोर्ड पढाउन बुबाआमासँग पैसा थियो त ?
अक्सफोर्डमा केही छात्रवृत्ति पनि पाएकी हुँ । ड्याडीले मलाई पढाउन झापा र मोरङमा रहेको जग्गा बेच्नुभएको थियो । मसँग यो सबै रेकर्ड छ, बैंक स्टेटमेन्ट छ । अर्पणजीलाई एकपटक प्रश्न सोधिदिनुस् न, तपार्इंले बैंक स्टेटमेन्ट देखाउन सक्नुहुन्छ त ? त्यतिवेला उहाँ पनि लन्डनमा हुनुहुन्थ्यो, अनि कसरी पठाउनुभयो मलाई यहाँबाट पैसा ? करोडौँको सम्पत्ति कहिल्यै पनि अर्पण कोइरालासँग थिएन ।

 अक्सफोर्ड पढ्दा विभिन्न देशका राजकुमारलगायत उच्च घरानाका मानिससँग संगत भएकाले तपाईंको खर्च गर्ने बानी बढेको थियो भन्ने आरोप छ, खासमा तथ्य के हो ?
त्यस्ता मानिससँग मेरो संगत भएको सही हो । युएई, साउदी अरबलगायत देशका रोयल मेम्बरसँग मेरो संगत थियो । तर, उनीहरूको संगतका कारण मेरो खर्च बढेको भन्ने कुरा वाहियात हो । किनकि हामी सबै होस्टेलमा बस्थ्यौँ । होस्टेलमा सबैलाई खानपिनलगायतमा समान व्यवहार गरिन्थ्यो ।

 तपाईंले अर्पणलाई विश्वासघात गरेर चरीलाई माया गर्न थालेको कुरा अस्ट्रेलियामा बस्ने एकजना साथीलाई सेयर गरेपछि तपाईंहरूको दोस्ती दुस्मनीमा परिणत भयो भन्ने कुरा आएको छ, सत्य हो ?
उहाँले जुन फेसबुक म्यासेजको कुरा गर्नुभएको छ, त्यो पनि गलत हो । मेरो फेसबुक उहाँले कसरी हेर्नुभयो त ? अर्पण कोइरालाले मेरो इमेल, फेसबुक, युनिभर्सिटी अकाउन्ट सबै ह्याक गर्‍यो भनेर उजुरी दिन एकपटक हनुमानढोका गएँ । साइबर क्राइममा उजुरी दिन लागेकी थिएँ, भाउजूको सल्लाहमा एकपटक वार्निङ दिएर छाडिदिएँ । त्यतिवेला हाम्रो झगडा भएको ताजाताजै थियो ।  फोनमा मुद्दा हाल्ने धम्की दिँदै पासवर्ड फिर्ता मागेँ । तर उसले दिएन । त्यसपछि युनिभर्सिटीबाट रिट्राइभ गरेर फेसबुक, इमेल चलाएकी हुँ । दिनेश अधिकारीसँग त्यतिवेला मेरो सम्बन्ध नै थिएन । उहाँ आफैँले त्यो म्यासेज बनाउनुभएको हो ।

अर्पणसँग सम्बन्ध टुट्नुको खास कारण त्यही हो कि अरू पनि छन् ?
पैसाको कारोबारले बिगार्‍यो, अर्पणलाई । मेरो बुबाले ‘अर्पणलाई दिनू’ भनेर हस्ताक्षरसहितको खाली चेक दिनुहुन्थ्यो । त्यति विश्वास गर्नुहुन्थ्यो । तर, उसले ड्याडीको पैसा फिर्ता गर्दा २५ लाखको बाउन्स चेक दियो । अर्को चेक त झन् हामीले बाउन्स नै गराएका छैनौँ । उसले विश्वासघात गर्‍यो । मेरो भिनाजुसँग वीरगन्ज पुगेर एक करोड क्यास लिएर आएको थियो । तिरेन । तिर्ने मनसाय पनि देखाएन । अर्पणको आजसम्म न व्यापार छ, न पेसा नै छ । हाम्रो रिलेसन टुटेको मुख्य कारण यो पनि हो । केटाहरू लिएर हिँड्ने, खुवाउने । ‘अर्पण दाइ तपाईं त’ भन्दै केटाहरू फुक्र्याउँथे । ऊ त्यत्तिमै रमाउँथ्यो । दरबारमार्गको एउटा फोन पसलबाट ५० जनाभन्दा बढीलाई आइफोन किनिदियो । त्यहाँ मात्र १५/२० लाख तिरेको होला । क्यासिनोमा झन् कति पैसा उडायो । जहिले गएर फाइभस्टारमा खानलाई त दिगो आउने आयस्रोत हुनुपर्‍यो नि । जो मान्छेसँग आफ्नो स्ट्यान्ड छैन, करिअर छैन, त्यस्तो मान्छेलाई मैले कतिचोटि चान्स दिने ?

दिनेशको गाडी किन्दा पनि पैसा दिएको भनेर अर्पणले भन्नुभएको छ, के यो पनि झूटो हो  ?
दिनेशलाई गाडी किन्न ३५ लाख दिएको र घर बनाउन पनि पटक–पटक पैसा दिएको भनिरहेको छ । ३५ लाख घरमा गाडेर त राखिँदैन, बाक्सामा राखिँदैन, तिजोरीमा राखिँदैन । कुन बैंकबाट दिनेश अधिकारीलाई अर्पण कोइरालाले ३५ लाख लगेर दिएको छ भन्ने देखाओस्, म उसलाई उल्टै ३६ लाख दिन्छु । मेरो बिल तिरेको वा भरपाई गरेको कुनै प्रमाण पेस गर्छ भने दोब्बर दिन्छु ।

 अर्पणले खुश्बुलाई बिजनेस क्लासको टिकटमा ट्राभल गराउँथे भन्नुभएको छ । अर्पण वा अरू कसैले खर्च बेहोरेका थिएनन् भने मिडल क्लास फ्यामिलीकी छोरी बिजनेस क्लासमा कसरी उड्नुहुन्थ्यो ?
कतार एयरवेयजको प्रिभिलेज्ड कार्डमेम्बर थिएँ । धेरै ट्राभल गरिराख्दा कहिलेकाहीँ बोनस प्वाइन्ट जोडिएर बिजनेस क्लासको टिकट आउँथे, त्यसमा ट्राभल नगर्नु ? अन्य देशका साथीले आफ्नो ठाउँमा इन्भाइट गर्दा बिजनेस क्लासको टिकट पठाउने गर्थे । अर्पणसँग कहाँ त्यत्रो पैसा थियो र मलाई दिन सकोस् ? उसको बुबा रिटायर्ड भइसक्नुभएको थियो, आमा राष्ट्रबैंकको सेकेन्ड क्लास अफिसर । जो मान्छेसँग व्यवसाय छैन, काम गर्दैन, उसले कसरी दिन्छ पैसा ?

भनेपछि तपाईंका लागि अर्पणले एक पैसा पनि खर्च गरेनन् त ?
सम्बन्ध राम्रो भएका बेला मेरो लागि उसले खर्च गर्‍यो होला, मैले उसका लागि खर्च गरेँ हुँला । कतै घुम्न गयौँ होला । ऊसँग मेरो सम्बन्ध राम्रो नहुँदा पनि आठ दिन मेरो परिवारले उसलाई केएमसी हस्पिटलमा सेवा गरिदिएको छ । उसको हरेक खर्च मैले बेहोरिदिएकी थिएँ । अब मैले त्यस्ता कुराको हिसाब गर्नु ? व्यापार गर्छु भनेर मेरो परिवारसँग पैसा लियो । तर व्यापार गरेन । क्यासिनोमा पैसा उडायो । लन्डनमा रेस्टुरेन्ट खोल्छु भन्यो, मैले नगर भनेँ । उसले खोल्यो । रेस्टुरेन्ट डुब्यो ।

अब दिनेश अधिकारी ‘चरी’को प्रसंग जोडौं, सम्बन्ध कहाँबाट सुरु भयो ?
दिनेशजीसँगको चिनजान अर्पणकै माध्यमबाट भएको हो । दिनेश अधिकारीसँग ‘लभ एट फस्ट साइट’ भएको होइन । म त्यस्ती खालकी केटी पनि होइन । दिनेशसँग कसैले मलाई बाहिर देखेको थियो ? घुमेको, हिँडेको आउनुपथ्र्यो नि बाहिर, त्यस्तो रिलेसन नै होइन दिनेशसँग । अर्पणसँग मेरो रिलेसन टुटेपछि ऊ भारत गएर बस्यो । यहाँ उसले लिएको पैसा उठाउन मान्छेहरू आउन थाले । मलाई एकदमै इरिटेसन हुन थाल्यो । एक दिन दिनेशजी अफिसमा आउनुभयो । ‘दाइले यो के गरेको, दाइ यसरी भागेर बस्नुभएन, बोलाउनुपर्‍यो, बरु हामी साथीभाइ मिलेर के गर्नुपर्ने हो, म गर्छु’ भनेर दिनेशजीले मलाई भन्नुभयो । यस्तो कुरा सुनेपछि मलाई उहाँ एकदमै राम्रो लाग्यो । त्यतिवेला दिनेशजीसँग मेरो हाइ–हेल्लो मात्र थियो । म पनि दु:खमा थिएँ, साथी पाएँ । हामीबीच कुराकानी हुन थाल्यो । उसको व्यवहार राम्रो लाग्न थाल्यो । अर्पणसँग यसको झगडा परेको छ, यसको फाइदा लिनुपर्‍यो भन्ने मेन्टालिटी दिनेशमा थिएन । दिनेशजीले मलाई बिहेको प्रस्ताव राख्नुभयो । मैले स्विकारेँ । परिवारबाट अब्जेक्सन भएन । गएको भदौमा दिनेश र मबीच इंगेजमेन्टको कुरा छिनिएको हो । हाम्रो परिवारमा जुठो परेको हुनाले इंगेजमेन्टको डेट पोस्टपोन्ड भयो । त्यसपछि चुनाव आयो । उहाँ चुनावमा व्यस्त हुनुभयो । यो दसैँमा इंगेजमेन्ट गर्ने हाम्रो योजना थियो । मैले उहाँलाई भेट्दा कुनै पनि केस थिएन । त्यसपछि राधेको इन्सिडेन्ट भयो, त्यसपछि मात्रै सिचुएसन बिग्रिएको हो । उहाँ राजनीतिमा करिअर बनाउन चाहनुहुन्थ्यो । दिनेशजीसँग नजिक हुनुभन्दा आठ–नौ महिनाअघि नै अर्पण र मेरो सम्बन्ध टुटिसकेको थियो ।

अर्पण र दिनेशको सम्बन्धको केन्द्रमा तपाईं हुनुहुन्छ । उनीहरूको मित्रता कसरी शत्रुतामा परिणत भयो ?
‘ल नानी तेरो इच्छा, तँलाई दिनेश मन पर्‍यो भने ठीकै छ नि, म एसेप्ट गर्छु’ अर्पणले मलाई इमेल पठाएको थियो । त्यसपछि पनि ऊ दिनेशसँग कन्ट्याक्टमा थियो । मान्छे जब ड्रग्स खाँदै जान्छ, पैसा सकिँदै जान्छ, फ्रस्टेसन भइहाल्छ नि । मेरो इंगेजमेन्ट हुने भयो, त्यसपछि मात्र अर्पण र दिनेशजीको सम्बन्ध चिसिएको हो । ‘तँलाई मैले सेतो लुगा लगाएको देखेँ भने मिस गर्नेछु,’ जस्ता म्यासेज गर्न थाल्यो । यस्ता कुरा म दिनेशजीसँग सेयर गर्थेँ । ऊ मेरो लाइफपार्टनर हुँदै थियो, यस्ता इम्पोर्टेन्ट कुरा मैले त सेयर गर्नुपथ्र्यो । त्यसपछि उहाँहरू दुईबीच कम्युनिकेसन भयो होला ।

 तपाईं अर्पण प्लानमा चल्ने मान्छे होइन पनि भन्नुभाछ, अनि चरी ‘इन्काउन्टर’मा उसलाई पनि मुछ्नुहुन्छ । तालमेल मिलेन नि ?
मैले अर्पण कोइरालाले पठाएको तीनवटा इमेल सार्वजनिक गरेँ । मैले यत्तिकै हावामा भनेकी होइन । उसले नयाँ पत्रिकामै पनि स्विकार्‍यो, मैले मार्छु भनेको हो तर मारेको होइन । हो, त्यही आधारमा त मैले पुलिसकहाँ जाहेरी दिएकी थिएँ । मैले उसको नाम लिनुको कारण पनि इन्भेस्टिगेसन होस् भनेर हो । मार्छु भनेको थियो, उसको पनि इन्भल्भमेन्ट छ कि भन्ने हो । मेरो फ्यामिली मेम्बरको डेथ भयो, मैले इन्भेस्टिगेसन होस् भनेर सरकारसँग डिमान्ड पनि गर्न नपाउने ?

अर्पण, दिनेश हुँदै एक प्रहरी अधिकृत कुमोध पनि तपाईंको प्रसंगमा जोडिन आए । उनी किन जोडिए ?
कुमोधजीसँग मेरो संस्थामार्फत नै चिनजान भएको हो । उहाँलाई पहिलेदेखि नै दिनेशजीसँग रिसइबी थियो । उहाँले प्रोफेसनले गर्दा पनि दिनेशजीलाई मन पराउने कुरा भएन । जुन दिन मेरो दिनेशजीसँग इंगेजमेन्टको कुरा भयो, त्यो दिन कुमोधजीले ‘ठीकै छ, दिनेशलाई ज्वाइँ बनाएछौ, तर यो राम्रो भएन, दिनेशलाई मचाहिँ छोड्दिनँ’ भनेर सीधै भन्नुभयो । कुमोधजीको फोन रेकर्ड नै हेरे हुन्छ ।

अर्पणका कारणले म समस्यामा पर्दा उहाँले मलाई के भन्नुभा’थ्यो भने, ‘मेरो सबै सम्पत्ति बेचेर भए पनि तपाईंलाई सहयोग गर्छु ।’ तर, उहाँको अपेक्षाचाहिँ मैले उहाँसँग सम्बन्ध राखिदिए हुन्थ्यो भन्ने रहेछ । उनले ‘आई लभ यू’बाहेक सबै कुरा भनेका छन् । कति कन्भरसेसन त मैले भन्नै नहुने छ, र म भन्दिनँ पनि । घटनाको खबर सुन्नेबित्तिकै यो कुमोधले नै गराएको हो भन्नेमा म विश्वस्त थिएँ । त्यसयता ऊसँग मेरो कन्ट्याक्ट भएको छैन ।

तपाईं अर्पणसँग सम्बन्धमा हुनुहुन्थ्यो, दिनेशले अर्पणलाई दाइ र तपाईंलाई भाउजू भन्थे भन्ने चर्चा चलेको छ, खासमा तपाईं र दिनेश एकअर्कालाई के भन्नुहुन्थ्यो ?
एक–अर्कालाई ‘हजुर’ भन्थ्यौँ । एक–अर्कालाई कहिल्यै नामले बोलाएनौँ । भेट्दा ‘दर्शन’ भन्थ्यौँ । कहिलेकाहीँ सँगै लन्च गथ्र्यौँ । इभिनिङमा कफी पिउँथ्यौँ ।

 दिनेशलाई सुधार्न सक्थँे भन्नुभएको छ, कसरी ?
अमेरिकामा १० वर्ष जेल बसेको मान्छे अहिले सिनेटर छ । त्यो मान्छे त्यो लेबलमा पुग्न सक्छ भने दिनेशजीचाहिँ पुग्न सक्नुहुन्न त ? हाम्रो भेट हुँदा पटक–पटक उहाँले आफूलाई राजनीतिमा लैजाने कुरा गर्नुहुन्थ्यो । उहाँ मोस्ट वान्टेड भएपछि हाम्रो भेटघाट पातलियो । घटनाको दिन उहाँले बिहान साढे नौ बजेतिर भाइबरमा म्यासेज गर्नुभएको थियो । ‘भोलि म अदालत हाजिर हुन्छु,’ उहाँको म्यासेज थियो । दु:खको कुरा, उहाँ अदालत जानै पाउनुभएन ।

 दिनेशको नाम लिएर तपाईंले व्यापारीसँग पैसा उठाएर खर्च गर्नुहुन्थ्यो रे, प्रहरी र मिडियामा यस्ता कुरा आइरहेका छन् ?
आओस् न त एकजना व्यापारी जसले भन्न सकोस्, खुश्बुले मलाई धम्क्याएर पैसा उठाएकी थिई भनेर । प्रमाणसहित आयो भने दोब्बर तिर्न तयार छु ।

 आफ्नो प्रेमीको मृत्युपछि तपाईं जुन शैलीले चर्चामा छाउनुभएको छ, समाजले त्यसलाई पचाउन गाह्रो मानेको छ भन्ने लाग्दैन ?
यो घटनाले मलाई र मेरो परिवारलाई ज्यादै दु:खी बनाएको छ । म ऊसँग बिहे गर्न ठिक्क परेर बसेकी थिएँ, कति दु:ख लागेको होला मलाई ? पत्रपत्रिकामा समाचार आए, श्रीकृष्णको शोकमा श्वेता मुर्छा परिन्, खुश्बुचाहिँ अन्तर्वार्ता दिँदै हिँडेकी छे । रोएर देखाउँदा मात्रै पिर हुन्छ भन्ने होइन । हाम्रो केस नै फरक पर्‍यो । श्रीकृष्णजीको कालगतिले मृत्यु भयो, दिनेशजीको हत्या भयो । मैले दिनेशजीका लागि फाइट गर्नु छ, त्यसैले अलिकति बोल्ड भएर आएकी हुँ । मैले ममीड्याडीलाई पनि सम्हाल्नुपर्छ । म नै कमजोर भएँ भने मेरो परिवारलाई कसले सम्हाल्छ ? बिहे भएको एक महिनामै श्वेताजीले पति गुमाउनुभएको छ, उहाँ कति दु:खी हुनुभएको छ, त्यो म फिल गर्न सक्छु । मेरो पनि बिहेमात्रै नभएको न हो, कुरा छिन्नु भनेको त्यो मान्छेलाई आफ्नो मान्नु पनि हो । त्यो दु:ख मसँग पनि छ । सानैदेखि म मेरो ममीड्याडीलाई पालेर बस्छु, मदर टेरेसा हुन्छु भन्ने सोच्थेँ । सायद त्यस्तै पो हुने हो कि । अब  बिहे मेरो प्राथमिकतामा छैन ।

नयाँ पत्रिका दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us