होटलमा गाडी रोक्दा ड्राइभरलाई १ हजार !

काठमाण्डु टुडे २०७१ भदौ ४ गते १:५९ मा प्रकाशित

काठमाण्डु, ४ भदौ– राजमार्गका होटलमा सवारी रोकाउन होटल सञ्चालकबीच सँधैजसो मारामार चल्छ ।
ड्राइभरलाई जसले आफ्नो वशमा पार्योा, यसैको व्यवसाय उँभो लाग्छ । देशका हरेक कुना पुग्ने यात्रु बिहान र साँझको खाना र नास्ताका लागि यिनै होटल छिर्छन र भनेजति पैसा तिर्छन् । कतिपयलाई थाहै हुन्न, उनीहरुले तिर्ने पैसाको भाग ड्राइभर र सहायकलाई पनि लागिसकेको हुन्छ ।

धादिङ, मुग्लिङ, जुगेडी, रामनगर क्षेत्रमा यस्तो समस्या बढी रहेको  छ । व्यवासायीबीच नै गाडी तान्ने प्रतिस्पर्धा छलेपछि ड्राइभरको मनोमानी बढेको छ । एकपटक खाना वा खाजा खुवाउन बस रोकेबापत ड्राइभरलाई दैनिक कम्तीमा १ हजार रुपैयाँ भत्ता दिने गरिएको व्यवसायीले बताएका छन् । त्यो भत्ता होटलबालाले यात्रुबाट उठाउँछन् ।

यस्तो अस्वस्थ प्रतिस्पर्धा चलेकामा होटलव्यवसायी पनि चिन्तित छन् ।
कारोबार दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us