चीनले दियो बाढीपीडितलाई १ करोड ५५ लाख

काठमाण्डु टुडे २०७१ भदौ ३ गते १२:४५ मा प्रकाशित

काठमाण्डु, ३ भदौ –  चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले सुनकोसी पहिरो पीडित र अन्य क्षेत्रका बाढीपीडितको सहयोगार्थ  एक करोड ५५ लाख प्रदान गरेको छ ।

chinaनेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईले मंगलबार परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेलाई उनकै कार्यकक्षमा भेटेर उक्त रकम प्रदान गरेका हुन् ।

त्यस अवसरमा राजदूत वुले नजिकको मित्र भएको नाताले नेपालको दुःख पीडामा आफूलाई पनि मर्माहत पारेको भन्दै चीन सरकारले उक्त सहायता प्रदान गरेको बताए ।

राजदूत वुले पहिरो र बाढीमा ज्यान गुमाएका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरे । 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us