नयाँ मोबाइल बजार र सामसुङ मोबाइलबीच सम्झौता

काठमाण्डु टुडे २०७१ भदौ ३ गते ११:२० मा प्रकाशित

काठमाण्डु, ३ भदौ – नेपालको पहिलो व्यवस्थित मोबाइल बजार न्यू मोबाइल मार्केट र सामसुङबीच एक्सपो प्रबद्र्धन गर्ने विषयमा मङगलबार सम्झौता भएको छ ।

samसिटिसी मलमा पत्रकार सम्मेलन गर्दै सामसुङ मोबाइलको नेपालका लागि आधिकारीक बितरक आइएमएसका महाप्रबन्धक संजिव मिश्र र नयाँ मोबाइल बजारका अध्यक्ष पुरुषोत्तम बस्नेतले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा बोल्दै नयाँ मोबाइल बजारका अध्यक्ष बस्नेतले नेपालमा नै पहिलो पटक ‘व्यवस्थित मोबाइल बजार’ संचालन गर्न लागेको र उक्त बजारको शुभारम्भको अवसरमा गर्न लागिएको ‘ग्राण्ड ओपनिङ प्रोमोशनल एक्सपो’ को मुख्य प्रायोजकमा सामसुङ मोबाइल आबद्ध भएको जानकारी दिए ।

उनले मोबाइल मार्केटले नेपालको मोबाइल व्यवसायमा नयाँ आयाम कायम गर्ने र यसले मोबाइल ग्राहकहरुलाई अधिकतम सुविधा तथा सेवा प्रदान गर्ने बताए । ग्राण्ड ओपनिङ प्रोमोशनल एक्सपो अब ‘सामसुङ मोबाइल ग्राण्ड ओपनिङ प्रोमोशनल एक्सपो २०७१’ को नाममा संचालन हुनेछ ।

त्यसैगरी आइएमएसका महाप्रबन्धक मिश्रले नयाँ मोबाइल बजारसँग सामसुङको सम्झौता हुनु खुशीको विषय भएको बताए । उनले एकै थलोमा सम्पूर्ण प्रकारका मोबाइल ब्राण्डहरुको बिक्री र सर्भिस दिइने बजारले उपभोक्तालाई पनि सुविधा पुग्ने स्पष्ट पारे ।

महाप्रबन्धक मिश्रले नयाँ मोबाइल बजारसँगको सामसुङ मोबाइलको सहकार्यले ग्राहकहरुलाई पनि छनौटको सुविधा मिल्ने जानकार िदिए । सामसुङ मोबाइलले बजारमा आधिकारीक सर्भिस सेन्टरपनि संचालन गर्ने भएको छ ।

कार्यक्रममा नयाँ मोबाइल बजारका प्रवक्ता चन्द्र ढकालले मोबाइल बजारले सबै व्यवसायीलाई एकै थलोमा समाहित गरेको र यसले नयाँ संदेश प्रदान गरेको बताए ।
एक्सपोको प्लाटिनम स्पोन्सरमा बिक्यू र सेलकोन मोबाइल रहेका छन भने गोल्ड स्पोन्सरमा कलर्स, माइक्रोम्याक्स, सोनी मोबाइल र सिटिभी मोबाइल रहेका छन् । त्यसैगरी विभिन्न कम्पनिले समेत एक्सपोको स्पोन्सर गर्ने भएका छन् ।

नयाँ मोबाइल बजारकोे ग्राण्ड ओपनिङको अवसर पारेर कम्पनिले आयोजना गर्न लागेको ग्राण्ड प्रोमोशनल एक्सपो यहि भदौ ११ गतेदेखि भदौ २१ गतेसम्म आयोजना हुन लागेको छ । मलको चौथो तल्ला र पाँचौं तल्लामा १ सय भन्दा बढि मोबाइलका ब्राण्डेड पसल तथा बिभिन्न कम्पनीका शोरुम र केयर सेन्टर खुल्ने भएको छ । एक्सपोको अवधिभर करिब ४ लाख अवलोकनकर्ता तथा ग्राहकहरु नयाँ मोबाइल बजारमा आउने आयोजकको दाबी छ ।

उक्त एक्सपोको अवधिभर मोबाईल खरिदमा प्रत्येक दिन एउटा ३० हजार रुपैंया बराबरको मोबाइल सेट र बम्पर उपहारमा ८० हजार रुपैंया बराबरको मोबाइल सेट एक जनालाई प्रदान गरिने छ ।
त्यसैगरी ग्राण्ड ओपनिङ एक्सपोको अवसर पारेर हरेक ब्राण्डको नयाँ मोबाइल खरिदमा ७ प्रतिशतदेखि ७० प्रतिशतसम्मको विशेष छुट पनि दिइने बताईएको छ ।
यस मोबाईल मार्केटमा २४ सै घण्टा बिजुली, पार्किङ तथा सुरक्षाको ब्यबस्था मिलाइएको छ भने मोबाइल बजारमा आउने ग्राहकहरुले निशुल्क वाइफाइमार्फत इन्टरनेट प्रयोग गर्न पाउनेछन् ।

मोबाइल खरिदका लागि आउने ग्राहकको लागि पार्किङको प्रशस्त सुबिधा दिईएको छ भने मोबाइल खरिद गरेको खण्डमा कुनै पार्किङ शुल्क नलाग्ने ब्यबस्था मिलाईएको छ । नेपालको हालसम्मकै भव्य, व्यबस्थित र आधुनिक मोबाइल बजारको रुपमा संचालन हुन लागेको यस मार्केटमा गुणस्तरिय मोबाइल मात्र बिक्री गर्ने योजना रहेको छ ।

मोबाइल बजारमा सामसुङ, हुवावे, बिक्यु, लेनेभो, सेलकोन, सोनी, नोकिया, एलजी, कलर्स, कार्बन, डिटिसी, इन्टेक्स, एचटिसी, लाभा, जोलो, रेज, माइक्रोम्याक्स, फ्लाइ र वीनकम लगायतका कम्पनीबाट उत्पादित मोबाइल सेटहरु बिक्री बितरण हुने कम्पनीले जनाएको छ । यस मार्केटमा बजेट फोन, फिचर फोन, स्मार्टफोनका साथै विभिन्न किसिमका ग्याजेट्स र मोबाइल एशेसरीज्, ट्याबलेट, ल्यापटप, फ्याबलेटलगायतका सामाग्रीहरु पनि बिक्री गरिनेछ ।

हरेक वर्गका ग्राहकहरुको आवश्यकता र मागलाई ध्यानमा राखेर यस मार्केटमा विभिन्न किसिमका मोबाइल सेटहरु बिक्रीका लागि राखिने कम्पनि संचालकहरुको भनाई छ । सस्तोदेखि महंगो सम्मका विभिन्न ब्राण्डका उच्चस्तरीय मोबाइल सेट मात्र बिक्री गरिने यस मोबाइल मार्केटमा एक्सचेन्जको ब्यबस्था पनि गरिने छ ।

कम्पनिबाट वारेन्टी दिईएका र स्तरिय कम्पनीबाट उत्पादित मोबाइल सेट मात्र बिक्री हुने र बिक्री भएका हरेक मोबाइलमा १ बर्ष वारेन्टी दिने ब्यबस्था गरिनेछ । त्यसैगरी मर्मत तथा खरिदमा दैनिक ५ हजार भन्दा बढि उपभोक्ताले दैनिक एकै पटक सुबिधा लिनसक्ने ब्यबस्था गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us