स्वास्थ्य व्यवसायी महासंघको नवौ महाधिवेशन विधान सम्बत नभएको आरोप

काठमाण्डु टुडे २०७१ भदौ ३ गते ११:०८ मा प्रकाशित

काठमाण्डु, ३ भदौ – नेपाल स्वास्थ्य व्यवसायी महासंघको नवौ साधारण सभा विधिवत ढंगबाट अगाडी नबढेको भन्दै स्वास्थ्य व्यवसायी संघर्ष समिति र प्रगतिशील स्वास्थ्य व्यवसायी मञ्च नेपालले आपत्ति जनाएका छन् ।

healthमंगलबार रिपोर्टर्स क्लब नेपालमा स्वास्थ्य व्यवसायी संघर्ष समिति र प्रगतिशील स्वास्थ्य व्यवसायी मञ्च नेपालले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष प्रविन तिवारीले महासंघको साधारण सभामा एकलौटी ढंगले विधान पास गरेको आरोप लगाएका छन् । उनीहरुले बन्दसत्र पुनः सञ्चालन, निष्पक्ष निर्वाचनका लागि वर्तमान कार्यसमितिले गरेको निर्वाचन समितिको विघटन गर्न माँग समेत गरेका छन् ।

पत्रकार सम्मेलनमा नेपाल स्वास्थ्य व्यवसायी संघर्ष समितिका प्रवक्ता सीताराम रेग्मीले विधान संशोधनलाई छलफलमा नल्याई एकलौटी ढंगले अध्यक्ष तिवारीले पारित गरेको आरोप लगाउँदै विधान कुनै पनि हालतमा आफूहरुलाई मान्य नहुने चेतावनी समेत दिएका छन् ।

रेग्मीले भने–तिवारीले साधारण सभामा भाडाका गुण्डा प्रयोग गरेर विधान पास गरेको हो । त्यसका बारेमा व्यापक विरोध हुँदा हुँदै पनि कुनै छलफल नगरी एकलौटी ढंगले अगाडी बढेकोमा हाम्रो आपत्ती हो । हामी कानुनी उपचारका लागि सवै सम्बन्धित निकायमा जान पनि तयार छौं ।

रेग्मीले महासंघले फर्जी कार्यसमिति बनाई प्रस्तावहरुमा राम्ररी छलफल र बहस नगरी गुण्डागर्दीको शैलीमा प्रस्तावहरु पास भएको भन्दै महासंघभित्र व्यापक भ्रष्टाचार रहेको आंशका प्रमाणित भएको आरोप समेत लगाए ।

त्यस्तै प्रगतिशील स्वास्थ्य व्यवसायी मञ्च नेपालका महासचिव तेजबहादुर बस्नेतले साधारण सभामा उपस्थितिमा गरेको हाजीरीलाई नै निर्णय भन्दै विधान पारित गरेकोमा लोकतन्त्रको उपहास भएकोे आरोप लगाएका छन् । बस्नेतले भने–बन्दशत्रभित्र ८ वटा एजेन्डामा छलफल हुनुपर्नेमा त्यसो नगरी जम्मा ३ वटामा मात्रै छलफल भएको छ । यो कुनै पनि हालतमा आफूहरुलाई मान्य छैन् । विधान र पद्धती अनुसार अघि बढ्नुपर्छ ।

बस्नेतले आफूहरु प्रजातान्त्रिक पद्धतीअनुसार साधारण सभा गर्ने पक्षमा भएको भन्दै महासंघले त्यसो नगरी एकलौटी ढंगले गुण्डागर्दीको शैलीमा विधान पाश गरेकोमा पनि आपत्ति जनाएका छन् । उनीहरुले अवैधानिक क्रियाकला तुरुन्त बन्द गरी नवौं साधारण सभाको बन्दसत्र निर्वाध रुपमा जिल्ला प्रशासन कार्यलयको रोहवरमा गर्नुपर्ने समेत माँग गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us