अश्लील नृत्य गर्ने महिला पक्राउ

काठमाण्डु टुडे २०७१ भदौ ३ गते १०:४२ मा प्रकाशित

सप्तरी, ३ भदौ – अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले सोमबार राति सप्तरीको जमुनी मधेपुरा गाविसबाट तीन महिला कलाकारलाई पक्राउ गरेको छ ।

जमुनी मधेपुरा गाविसमा गएराति आयोजित सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको गस्ती टोलीले ती कलाकारलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीनैजना महिलालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको र उनीहरुमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार ढकालले जानकारी दिए । पक्राउ परेकाहरुको नाम र ठेगाना प्रहरीले सार्वजनिक गरेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us