यौन सम्पर्कका बेला अस्थायी साधनका रुपमा योनीमा प्लाष्टिक राख्छन् बेलायती महिला

काठमाण्डु टुडे २०७१ भदौ ३ गते ७:१५ मा प्रकाशित

काठमाण्डु– बेलायती महिलाहरुले यौन सम्पर्कका बेला योनीमा प्लाष्टिक राख्ने गरेको पाइएको छ ।
sex-377अनिच्छुक गर्भ रोक्न उनीहरुले योनीमा यौन सम्पर्कका बेला अस्थायी साधनका रुपमा पालतो प्लाष्टिक राख्ने गरेको एक अध्ययनले देखाएको छ ।

अध्ययनका अनुसार बेलायती महिलाले प्लास्टिकका अलावा स्याण्डबीच प्याक गर्ने झोला र पञ्जासमेत योनीमा राख्ने गरेका छन् । बायर हेल्थ केयर नामक संस्थाले १५ सय बेलायती महिलामा उक्त सर्वेक्षण गरेको थियो ।

सर्वेक्षणमा २५ देखि ३४ वर्ष उमेर समूहकाहरुलाई सहभागी गराइएको थियो । अध्ययनका अनुसार १० प्रतिशत बेलायतीले महिनावारी भएका बेला सम्भोग गर्ने गरेका छन् । त्यस्तो अवस्थामा यौन सम्पर्क गर्दा गर्भ नरहने भ्रम उनीहरुको छ ।

यस्तै १७ प्रतिशतले यौन सम्पर्कको चरम उत्कर्षका बेला पुरुष साथीको लिंग बाहिर निकाल्ने गरेको पाइएको छ । ३० प्रतिशतले गर्भ रोक्ने विभिन्न चक्की सेवन गर्ने गरेको अध्ययनले देखाएको छ ।

सर्वेक्षणमा सहभागी २७ प्रतिशतले गर्भनिरोधक उपायबारे आफूलाई पत्तै नभएको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us