इबोला रोक्न काँकडभिट्टामा हेल्प डेक्स

काठमाण्डु टुडे २०७१ भदौ ३ गते ४:१५ मा प्रकाशित

झापा, ३ भदौ- सरकारले पूर्वी नेपालको मुख्य नाका काँकडभिट्टामा इबोला भाइरसको सङ्क्रमण रोक्न क्वारेन्टाइन हेल्प डेक्स सञ्चालनमा ल्याएको छ ।

झापाको काँकडभिट्टा भारतको पश्चिम बङ्गालसँग जोडिएको र सिक्किम, आसाम, मेघालय, नागाल्यान्डलगायतका प्रान्तसँग नजिक रहेको नेपालको पूर्वी नाका हो ।
अध्यागमन कार्यालय परिसरमा स्थापना गरिएको इबोला हेल्प डेक्समा अहेव हरिश्चन्द्र देवकोटाको नेतृत्वमा स्वास्थ्यकर्मीको खटाइएको छ ।
टोलीले दक्षिण अफ्रिकी मलुकबाट नेपाल आउने पर्यटकका बारेमा सोधखोज गर्ने र आवश्यक स्वास्थ्य परामर्श र सम्भाव्य सङ्क्रमित व्यक्तिको निगरानी गर्ने अहेव देवकोटाले बताए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us