धेरै भाउ तोक्ने कतार एयरवेजलाई हजयात्री बोक्ने ठेक्का

काठमाण्डु टुडे २०७१ भदौ ३ गते ३:४० मा प्रकाशित

qatar-air

काठमाण्डु, ३ भदौ- गृह मन्त्रालयले साउदी अरबको मक्कामा हजगर्न जाने मुसलमान तीर्थयात्री लान-ल्याउँन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका लागि आहृवान गरेको टेन्डर बढी भाउ तोक्ने वायुसेवाले जितेको छ ।
सम्बद्ध स्रोतका अनुसार गृह मन्त्रालयको हज कमिटीले खाडी मुलुक कतारको राष्ट्रिय वायुसेवा कम्पनी कतार एयरवेजलाई तीर्थयात्री लाने-ल्याउने ठेक्का दिएको छ । कतारको युनाईटेड अरब इमिरेट्स (युएई) को सरकारी वायुसेवा कम्पनी एयर अरेविया प्रतिष्पर्धामा उत्रिएको थियो ।
आफ्नो भन्दा बढी भाउ तोक्ने कतारलाई हज कमिटीले तीर्थयात्री लाने-ल्याउने ठेक्का दिएपछि एयर अरेवियाका अधिकारीहरु आश्चार्यचकित भएका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us