१३ औं दिनमा पनि नहुने भो चरीको अन्त्येष्टि

काठमाण्डु टुडे २०७१ भदौ ३ गते ४:१६ मा प्रकाशित

काठमाण्डु, ३ भदौ- हिन्दू परम्पराअनुसार मानिसको मृत्यु भएको १३ औं दिनमा काजकिरिया chariसम्पन्न हुने गर्छ । तर प्रहरी कारबाहीरमा मारिएका चर्चित डन दिनेश अधिकारीको अझै अन्त्येष्टि गरिएको छैन ।
परिवारले १३ औं दिनमा अन्त्येष्टिको तयारी गरेको थियो । तर अदालतमा रिटमाथिको सुनुवाइमा ढिलाइ भएकाले आज अन्त्येष्टि नहुने चरीका दाजु ध्रुव अधिकारीले जानकारी दिए ।

उनले सञ्चारमाध्यममा आज अनत्येष्टि हुने भनी आएको समाचार झुठ भएको बताए ।
घटनामा संलग्न प्रहरी अधिकृतविरुद्ध किटानी जाहेरीका लागि परमादेशको माग गर्दै परिवारले सर्वोच्चमा रिट दायर गरेको थियो ।
यसैबीच रिटमाथिको प्रारम्भिक सुनवाई आजबाट सुरु हने भएको छ । यसअघि हिजोका लागि पेशी तोकिए पनि सुनुवाई हुन सकेको थिएन ।

भाइको हत्या भएकाले दोषीमाथि कारबाहीको माग गर्दै दाजु ध्रुव अधिकारीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us