
काठमाण्डु, ३ भदौ- एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली लगत्तै दिल्ली जाने भएका छन् ।
भ्रमण विशुद्ध स्वास्थ्योपचारका लागि हुने ओलीको निजी सचिवालयले जनाएको छ । सहयोगी रमेश आचार्यले उपचारका लागि ओली चाँडै दिल्ली जान लागेको जानकारी दिए । पहिला जाँच गरेका डाक्टरसँग समय मिलाउने काम हुँदैछ, डाक्टरसँगको समय तय भएपछि जानुहुन्छ, चाँडै नै हुन्छ ।
ओली उपचारका लागि ६ महिनामा यो चौथोपटक हो । फागुनयता भारत, बैंकक र सिंगापुर पुगेर उपचार गराएका ओली केही दिनपछि पुनः भारत जान लागेका हुन् । सात वर्षअघि दिल्लीको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका ओलाीको दिल्लीकै म्याक्स अस्पतालमा फलोअप परीक्षण हुँदै आएको छ ।
सिंगापुरबाट उपचार गरेर फर्केपछि ओलीलाई चिकित्सकले धेरै दौडधुप नगर्न सुझाव दिएका थिए ।
एमाले अध्यक्ष ओलीले आफू हतारमा काम गर्ने बताउँदै आएका छन् । आफूलाई फर्सदमा काम गर्ने समय नभएको र पाँच वर्ष पार्टी अध्यक्ष नरहे पनि बताइसकेका छन् ।
नयाँ पत्रिकाबाट