कोरियाले नेपाली कामदारको कोटा बढाउने

काठमाण्डु टुडे २०७१ भदौ ३ गते १:३९ मा प्रकाशित

काठमाण्डु, ३ भदौ -दक्षिण कोरियाले नेपाली कामदारको संख्या बढाउने भएको छ ।

यसअघि गएका नेपाली कामदारले राम्रो काम नगरेको भन्दै संख्या बढाउन कोरिया सहमत भएको हो ।

रोजगार अनुमति प्रणाली (इपिएस) को दसौं वार्षिकोत्सवको अवसरमा दक्षिण कोरिया भ्रमणमा गएका बैदेशिक रोजगार विभागका महानिर्देशक जगन्नाथ देबकोटालाई त्यहाँको सरकारले नेपाली कामदारको संख्या बढाउने जानकारी दिएको हो ।

नेपाली कामदार इमान्दारी र मेहनती भएको कोरिया सरकारको ठम्याइ छ । नेपाल सरकारले लामो समयदेखि आफ्नो कामदारको संख्या बढाउन कोरियासँग आग्रह गर्दै आएको थियो ।

आन्तरिक श्रम बजारमा वार्षिक रुपमा प्रबेश गर्ने कामदारको संख्या पहिल्यै निश्चित नहुने भएकाले विदेशी कामदारको कोटा निश्चित गर्न नसकेको जानकारी कोरियाले गराएको छ ।

संख्या बढाउने बताए पनि आगामि वर्ष कति कामदार लैजाने भन्ने यकिन जानकारी भने कोरियाले गराएको छैन । कोरियाले औपचारिक रुपमा लैजाने संख्याका बारेमा जानकारी नदिए पनि अनौपचारिक रुपमा दुई हजार देखि तीन हजारसम्म बढ्न सक्ने संकेत गरेको छ ।

कोरियाले लैजाने कामदारको संख्या गोप्य राख्ने बताउँदै आइरहेको  छ । 

अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us