प्रधानमन्त्री सक्रिय, आजबाट सिंहदरबार जाने

काठमाण्डु टुडे २०७१ भदौ ३ गते १:३३ मा प्रकाशित

Sushil-Koiralaकाठमाण्डु, ३ भदौ –उपचार गरेर अमेरिकाबाट फर्किएयता आराममा रहेका प्रधानमन्त्री सुशील कोइराला सोमबारदेखि सक्रिय भएका छन् ।

उनी सोमबार व्यवस्थापिका संसद्मा सहभागी भए भने प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पनि नियमित जाने भएका छन् । हल्का खोकी र ज्वरो पनि सन्चो भएकाले अब प्रधानमन्त्री कोइराला सार्वजनिक कार्यक्रममा पनि सहभागि हुने उनका सहयोगीले बताएका छन् । ‘प्रधानमन्त्रीज्यू पुर्णरुपमा सन्चो हुनुभएको छ । उहाँ मंगलबार प्रधानमन्त्री निवासमा पनि जानु हुनेछ’ उनका सहयोगीले भने,‘अब सार्वजनिक कार्यक्रममा पनि जान थाल्नुहुनेछ ।’

केही दिनयता प्रधानमन्त्रीले भेटघाट नियमित गर्न थालेको सहयोगीहरुले बताएका छन् । 

नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us