काठमाण्डु – विश्वप्रसिद्ध नायक ज्याकी चेनका छोरा नशालुपदार्थसहित पक्राउ परेका छन् ।
३२ वर्षिय जेसी चेनलाई नशालुपदार्थ राखेको आरोपमा बेइजिङ प्रहरीले हिरासतमा लिएको हो ।
उनीसँगै २३ वर्षिय ताइवानी फिल्मस्टार पनि पक्राउ परेका छन् ।
जेसीले ठुलो पर्दामा अभिनय गरिसकेका छन् । उनलाई ‘फांग जुमिङ्ग’को उपनामले चिन्छन् ।