रानी मुखर्जीलाई धोका दिए हलिउड नायकले

काठमाण्डु टुडे २०७१ भदौ २ गते ११:१८ मा प्रकाशित

काठमाण्डु – बलिउड नायिका रानी मुखर्जी अभिनित चलचित्र ‘मर्दानी’ र हलिउड सुपरस्टार सिल्वेष्टर स्टेलानको चलचित्र ‘द एक्सपेन्डेबेल्स’ एकै साथ प्रदर्शनमा आउने समाचारले यशराज व्यानरमा झट्का लागेको छ ।

rsद एक्सपेन्डेबल हिन्दी टाइटलमा आउने भएपछि मर्दानीको कमाइमा कमी हुने मर्दानी समुहले आँकलन गरेको छ ।

‘सिंघम रिटर्न’सँगै प्रदर्शनमा ल्याउने भनेपनि अचानक एक हप्ता पछि सार्दा मर्दानीलाई झट्का लाग्ने अनुमान गरिएको छ ।

यशराज व्यानरमा भित्रिएकी नयाँ सदस्य रानी मुखर्जीको चलचित्र मर्दानी महिलामाथि हुने हिंसाका विरुद्धको एक सशक्त चलचित्र हो ।

यसको विज्ञापनका लागि निर्माण पक्षले कुनै कसर बाँकी नराखेको यशराज व्यानरले जानएको छ ।

तर, युवाबर्गमा द एक्सपेन्डेबल सार्‍है चर्चित रहेको छ । तसर्थ यशराज व्यानरको निद्रा हराएको छ ।

रानीको मर्दानी र सिल्वेष्टरको द एक्सपेन्डेवल मध्ये कसले बक्स अफिसमा बाजी मार्ने तथ्याङक दर्शकले फैसला गर्नेछन् ।

Sylvester_Stallone_Rambo_photos-2Rani-Mukerji5

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us