भाटभटेनीको अनामनगर स्टोर सञ्चालनमा

काठमाण्डु टुडे २०७१ साउन ३१ गते १५:१३ मा प्रकाशित

काठमाण्डु, ३१ साउन– भाटभटेनी सुपरस्टोरले अनामनगरमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।

bhat bhateniशनिबार अनामनगरमा स्थापना गरिएको स्टोरको औपचारिक सुरुवात गरियो । भाटभटेनीले भदौ महिनामा गौंगबु र कलंकीमा थप दुई वटा स्टोर सञ्चालनको तयारीगरिरहेको छ ।

सन् १९८४ मा सुरु भएको भाटभटेनीका टंगाल, महाराजगञ्ज, बौद्ध, कोटेश्वर, पाटन र पोखरा गरी छ वटा स्टोर सञ्चालनमा छन् । कम्पनीलेशनिवारबाट सुरु भएको स्टोरमा दश प्रतिशत छुटको घोषणा गरेको छ ।

भाटभटेनी सुपरमार्केटका अन्य शाखाहरुमा झैं दैनिक आवश्यकताका सबै सामग्रीकासाथै लुगाकपडा, श्रृंगार सामग्री, इलेक्ट्रोनिक्सका सामान, फर्निचर, खाद्यवस्तुलगायत सम्पूर्ण सामान उपलव्ध हुनेछन् ।

अनामनगर शाखाको शुभारम्भकाअवसरमा भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रवन्ध निर्देशक मीनबहादुरगुरुङले शाखाको संचालनबाट यस क्षेत्रका वासिन्दालाई आफ्नै टोल छिमेकमा सुपथमूल्यमा गुणस्तरीय सामान उपलव्ध हुने विश्वास व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us