नेप्से सुध्रिएर १०३४ अंकमा पुग्यो

काठमाण्डु टुडे २०७१ साउन ३० गते ११:५२ मा प्रकाशित

काठमाण्डु, ३० साउन – कारोबार रकममा निकै सुधार देखिएको पुजीबजारमा यो साता पनि ठूलो गिरावट आयो ।

nepseसाताभरमा एक अर्ब १५ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यो रकम अघिल्लो साताको तुलनामा ५२ प्रतिसतले कम हो। गत साता दुई अर्ब ४३ करोड रुपैयाँको सेयर किनबेच भएको थियो।

लगातार सेयर ब्रोकर आउट हुने र दुई दिन सार्वजनिक विदा परेको कारण कारोबार रकम निकै तल झरेको हो। आइतबार र सोमबार बजार बन्द भयो भने खुलेका तीनै दिन केही ब्रोकर आउट भए।

राफसाफ गर्न नसकेपछि ब्रोकर आउट हुँदा कारोबार रकममा ठूलो असर पर्छ। यो साता बजारमा एक सय ६३ कम्पनीको २१ लाख ८७ हजार आठ सय ७० कित्ता सेयर किनबेच भयो।

गत साता ५२ लाख ४२ हजार कित्ता सेयर किनबेच भएको थियो। साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १२.५३ अंकले बढेर अन्तिम दिन १०३४.३९ अंकमा पुगेको छ।

बाणिज्य बैंक, होटल, विमा, उत्पादनमुलक समूह र अन्य समूहको परिसूचक बढेको छ। जलविद्युत, विकास बैंक र फाइनान्स समूहको सूचक भने घटेको छ।

यो साता कारोबार रकमका आधारमा चिलिमे हाइड्रो अग्रस्थानमा रह्यो। यो कम्पनीको ११ करोड एक लाख रुपैयाँ सेयर किनबेच भएको छ। 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us