चाडबाडमा एलपी ग्यास अभाव हुन सक्ने

काठमाण्डु टुडे २०७१ साउन ३० गते २:५७ मा प्रकाशित

काठमाण्डु, ३० साउन–नेपाल एलपी ग्यास उद्योग संघले नजिकिँदै गरेको चाडबाड वा जोडो मौसममा Lpg-Gass-288x300एलपी ग्यासको चरम अभाव हुन सक्ने चेतावनी दिएको छ ।
 सरकारले माग अनुसार ग्यासको आयात गर्न नसकेको भन्दै संघले यस्तो चेतावनी दिएको हो ।

अहिले पनि बजारमा माग अनुसार ग्यास आयात  नभएको र चाडबाड र जोडो मौसममा माग अझ बढ्ने भएकाले ग्यासको चरम अभाव हुने देखिएको संघका अध्यक्ष शिव घिमिरेले बताए ।

हाल नेपालमा मासिक २३ हजार मेट्रिक टन ग्यास आयात भइरहेको छ । माग भने मासिक ३१ हजार मेट्रिक टन छ ।

सामान्यतया  चाडबाड र  जाडोयाममा ३० प्रशिशत माग बढ्छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us