निर्माताको पहुँच बाहिर कैटरीना–दीपिका , फाइदा आलिया–श्रद्धालाई

काठमाण्डु टुडे २०७१ साउन २७ गते ७:०१ मा प्रकाशित

काठमाण्डु – बलिउड चलचित्र निर्माताहरु ‘कैटरीना कैफ र दीपिका पादुकोण’ लाई नायिका बनाएर चलचित्र निर्माण गर्दा लगानी सुरक्षीत हुने विश्वास गर्छन् ।

kaif‘ब्लकबस्टर’ नायिका द्धय कैटरीना र दीपिकाले आफ्नो पारिश्रमिक ह्वात्तै बढाएपछि निर्माताको पहुँच बाहिर पुगेको छ ।

पछिल्लो समय यी दुईले १५ करोड मागेपछि निर्माताको बजेटले नधान्ने भएको छ ।

यसको फाइदा भने भर्खरै इन्ट्री मारेका नायिका द्धय आलिया भट्ट र श्रद्धा कपुरलाई पुगेको छ ।

‘बि– टाउन’मा आलिया र श्रद्धाले पछिल्लो समयमा धमाका मच्चाइरहेका छन् ।

निर्माताहरु उनीहरुलाई लिएर चलचित्र बनाउने सोचमा पुगेका छन् ।

alia-shraddha

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us