हनुमानढोकामा पर्यटकका लागि अडियो टुर सञ्चालन

काठमाण्डु टुडे २०७१ साउन २५ गते १२:५४ मा प्रकाशित

काठमाण्डु, २५ साउन – के तपाइँ हनुमान ढोका जाँदै हुनुन्छ ? हनुमान ढोकाबारे तपाइँलाई कत्ति कुरा थाहा छ? यो ठाउँको विशेषताबारे जान्ने रहर हुँदा हुनै पनि पढ्न किताव पाउनु भएको छैन वा पढ्ने फुर्सद छैन होला ।

KONICA MINOLTA DIGITAL CAMERAत्यस्तो भएको छ भने नेपालमा पहिलोपटक हनुमानढोका सङ्ग्रहालयले ‘अडियो टुर’ गाइड सञ्चालनमा ल्याएको छ। यो अडियो गाइडले पर्यटक हनुमानढोकाको इतिहासबारे सुन्दै घुम्न सक्छन् ।

सङ्ग्रहालयका अनुसार अडियोमार्फत सङ्ग्रहालयको जानकारी प्रदान गर्न सो टुर गाइड सञ्चालनमा ल्याइएको हो। सङ्ग्रालयमा रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक वस्तुको सम्पूर्ण जानकारी अडियोमा राखिएको छ ।

सो अडियो गाइडमा पर्यटकलाई अडियोबाटै वस्तुको सबै जानकारी दिने व्यवस्था मिलाइएको छ।  सङ्ग्रहालय अवलोकनका लागि विशेष गरेर बाह्य पर्यटक बढी आउने भएकाले उक्त अडियो अङ्ग्रेजी भाषामा तयार पारिएको छ ।

संग्राहलयले पहिलो चरणमा परीक्षणका लागि अंग्रेजी भाषामा तयार पारेको र पर्यटकले रुचाउँदै गए  नेपाली र चाइनिज भाषामा पनि निर्माण गर्ने योजना छ।

उक्त अडियो प्रयोगका लागि आन्तरिक पर्यटकका लागि एक सय रुपैयाँ र बाह्य पर्यटकका लागि नौं सय ८० रुपैयाँ शुल्क लाग्ने छ। 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us