युनिलिभर नेपालले गर्यो ८६० रुपैयाँ लाभांश घोषणा

काठमाण्डु टुडे २०७१ साउन २३ गते १४:४९ मा प्रकाशित

काठमाण्डु, २३ साउन– वार्षिक रुपमा लाभांश बढाउँदै लगेको युनिलिभर नेपालले यस पटक प्रतिसेयर आठ सय ६० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । यो प्रस्ताव कम्पनीको साधारण सभाले पारित गर्न बाँकी छ ।

आब २०६५/६६ मा प्रतिकित्ता चार सय ५० रुपैयाँको दरले लाभांश दिएको कम्पनीको यो दर बार्षिक रुपमा वृद्धि भइरहेको छ । त्यसपछिका बर्षहरुमा कम्पनीले प्रतिकित्ता क्रमशः पाँच सय ६० रुपैयाँ, पाँच सय ९० रुपैयाँ, छ सय ८० रुपैयाँ र अघिल्लो बर्ष प्रतिकित्ता सात सय ६० का दरले लाभांश दिएको थियो । कम्पनीको लाभांश वृद्धि दर बार्षिक रुपमा बढिरहेकोले पनि कम्पनीको मूल्य वृद्धि उच्च छ ।

युनिलिभर नेपाल सेयर बजारमा सबैभन्दा महंगो मूल्यको कमपनी हो । हाल कम्पनीको सेयर मूल्य १४ हजार पाँच सय ९६ रुपैयाँ रहेको छ । अंकित मूल्य एक सय रुपैयाँ रहेको कम्पनीको लगानीकर्ताले त्यो मूल्यको आधारमा यसपटक ८.६ गुणा बढि लाभांश पाएका छन ।

तर हालको मूल्यको आधारमा यो लाभांश ५.८९ प्रतिशत बराबर हो । ब्लु चिपको रुपमा रहेको कम्पनीको सेयर दिर्घकालिन सोचले होल्ड गर्नु धेरै लगानीकर्ताको उदेश्य हुने भएकोले कम्पनीको कारोबार कमै हुने गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us