
काठमाण्डु – सुन्दा अचम्म लाग्न सक्छ, भारतीय नेताले सुनको सर्ट लगाउँछन् । ४ केजी शुद्ध सुनबाट बनेको सर्ट लगाउने नेता पङकज पारख हुन् ।
१ करोड ३० लाख मूल्य पर्ने ती नेता शरद पवार नेतृत्वको नेशनलिष्ट काँग्रेस पार्टीका नेता हुन् । ४५ बर्षीय गार्मेन्ट उद्योगी पङकज ८ कक्षामा पढ्दापढ्दै राजनीतिमा लागेका थिए ।
पङकजले भने – ‘सुन मलाई ज्यादै आकर्षक धातु लाग्दछ । म ५ बर्षको हँदादेखि नै सुनको गहना लगाएर हिड्थे । जसले शाही चमकधमक देखाउन सहयोग गर्दछ । मैले ४५ औं जन्मदिनको अवसरमा सुनको सर्ट किनेको हुँ । ’
२० कालिगढले २ महिना लगाएर बनाएको सो सर्ट मुम्बईको एक गहना सोरुमले बनाएको उनले जानकारी दिए ।
उनको सर्ट देखेर आफन्त र सर्वसाधारण दङग पर्ने गरेका छन् ।
उनले लगाएको सटको बारेमा कर कार्यालयले उनको सम्पत्ति विवरणसमेत मागेको छ ।